३० आश्विन २०८३, शुक्रबार

नेपालबाट खोसियो यू-१९ विश्वकप छनोट क्रिकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-U-19काठमाडौं, २२ साउन । आगामी अक्टोबरमा नेपालमा आयोजना गर्ने भनिएको यू–१९ विश्वकप छनोट क्रिकेट अब मलेसियामा हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भूकम्पको कारण देखाउँदै विहीबार यू–१९ विश्वकप छनोट क्रिकेट आयोजना नेपालबाट खोसेर मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो ।

नेपाल क्रिकेट संघ क्यानकै प्रस्तावमा क्रिकेट खेल आयोजना स्थल मलेसियामा सारिएको आईसीसीका मुख्य कार्यकारी अधिकारी डेभिड रिचर्डसनले बताएका छन् ।

आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्दैछन् ।