काठमाडौं, २२ साउन । राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७१ जनाका लागि जागिर खुलेको छ ।
वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकदेखि सहयोगीसम्मका ७१ पदमा पद पुर्तिका लागि कोषले आवेदन फर्म खोलेको हो । यो जागिर करारमा हुनेछ ।
इच्छुक व्यक्तिले आगामी भदौ ३ गतेसम्म वन विज्ञान, वातावरण विज्ञान वा जीव विज्ञानमा स्नातक उत्तिर्ण र सम्बन्धित क्षेत्रमा दुई वर्ष अनुभव भएका व्यक्तिले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकमा आवेदन दिन पाउनेछन् ।
त्यस्तै सहयोगी पदका लागि आठ कक्षा उत्तिर्ण र वन्यजन्तु सम्बन्धी अनुभव भएका व्यक्तिले सहयोगीमा आवेदन दिन पाउने छन् । १८ वर्ष देखि ४० वर्षसम्मका व्यक्तिले कोषमा आवेदन दिनसक्ने बताइएको छ ।
कोषको केन्द्रीय कार्यालयदेखि गोरखा, बर्दिया, कञ्चनपुर, दोलखा, अन्नपूर्ण संरक्षण क्षेत्र, चिडियाखाना जावलाखेल र सौराहा चितवनका लागि कर्मचारी माग गरिएको हो ।















प्रतिक्रिया