२९ आश्विन २०८३, बिहिबार

‘म नशामा थिए, मेरो कपडा गायब थियो तर थाहा छैन् रेप भयो कि भएन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexएजेन्सी । गुडग़ांवको एक कंपनीमा काम गर्दै आएकी युवतीले आफ्ना टीम लीडर(हाकिम)माथि बलात्कार गरेको सनसनीपूर्ण आरोप लगाएकी छिन् । उनले भनेकी छिन्-‘हाकिमको बढुवा पार्टीमा मैले यति रक्सी पिए कि मलाई होसै थिएन् । त्यसको दोस्रो जब म बेडमा नाङ्गै भेटिए तब मलाई आफ्नो बलात्कार भएको महसुस भयो ।’

त्यसको केही दिनपछि अदालतमा उनले स्पष्ट वयान समेत दिन सकिनन्, उनलाई आफ्नो बलात्कार भए नभएको थाहा छैन् । तर, पनि बलात्कार भएको शंका गरिन् ।

यद्यपी अदालतले उनको अस्पष्ट वयानका बाबजुद पनि आरोपी हाकिमलाई छेडछाड(महिलाको भावनामा ठेस लगाएको) आरोपमा चार वर्षको जेल सजायँ सुनाएको छ, तर, बलात्कारको आरोप भने खारेज गरिदिएको छ ।

द्वारका अदालत स्थित फास्ट ट्रैक कोर्टका न्यायाधीश विरेन्द्र भट्टले आफ्नो फैसलामा भनेका छन् कि युवतीले आफैले स्वीकारेकी छिन् कि आरोपी हाकिम संजीव कुमारले महावीर एन्क्लेव, पालम कलोनी स्थित घरमा १० मे २०१४मा आफ्नो बढुवाको पार्टी राखेका थिए ।

पार्टीमा जम्मा सात युवक-युवती सहभागी थिए । सबैले नशा लाग्नेगरी रक्सी पिएर होसै गुमाए । विहान ती युवतीका साथीहरु अफिस गइसकेका थिए, जब उनी विहान होसमा आइन् तब उनको अन्र्तवस्त्र गायब थिए । दुई दिनपछि कार्यालय जाँदा उनका साथीले बताए कि आरोपी संजीवले कोठा बन्द गरेर उनीसँग गलत काम गरेका थिए ।

बयानको क्रममा पीडित युवतीले भनेकी छिन्-‘मलाई होस थिएन, मलाई थाहा छैन् कि बलात्कार भयो कि भएन् । उनलाई यति थाहा छ कि जब केही समयका लागि होस आएकी थिइन् तब आरोपी उनको नजिकै उभिएका थिए । अदालतमा युवतीका साथीहरुले आरोपी सञ्जिवले दुई पटक पीडित युवतीलाई काठमा लगेर भित्रबाट ढोका बन्द गरेदिए । उनीहरुले आवाज दिएपछि आरोपीले धेरै समयपछि ढोका खोले ।

अदालतले भनेको छ घटना हेर्दा यो प्रमाणित भएन् कि आरोपीले बलात्कार गरेका थिए । त्यसकारण, साथीहरुको बयानबाट छेडछाड गरेको पुष्टि हुन्छ । कोर्टले आरोपीलाई चार वर्षको जेल सजायँ र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।