३० आश्विन २०८३, शुक्रबार

एनआरएन युरोपको उप-संयोजकमा दीपक खरेलको उम्मेद्वारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-kharelबार्सिलोना । गैर आवासीय नेपाली संघ (एनआरएन)युरोपियन क्षेत्रीय उप-संयोजक पदमा दीपक खरेलले उम्मेद्वारी दिएका छन् ।

मातृभुमि राजधानी काठमाडौंमा आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म आयोजना हुने बिश्वसम्मेलन नजिकिदै गर्दा खरेलले उम्मेद्वारी घोषणा गरेका हुन् ।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका खरेलले थप जिम्मेवार भएर एनआरएनको अभियानलाई सफल बनाउन आँफूले उप-संयोजक पदमा उम्मेद्वारी दिएको बताए । खरेल गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका संस्थापक कोषाध्यक्ष समेत हुन् ।

उम्मेदवारी घोषणा गर्दै खरेलले प्रवासका नेपालीहरुको हकहितका लागि अझै सशक्त ढंगबाट लाग्ने बताए । ‘एनआरएनको स्थापनापछि पनि यही अभियानमा समय गुजारेकोले, अब झन् थप जिम्मेबारी पूर्ण भूमिका लिन चाहन्छु । यो मौका मैले पाउने अपेक्षा राखेको छु ।’ उनले भने ।

उनले स्पेनबासी नेपाली समुदाय लगायत समग्र युरोपबासी नेपालीहरुको आग्रहमा नै आँफूले उपसंयोजक पदका लागि दावी गरेको बताए ।एनआरएनहरुको बिश्व सम्मेलन नजिकिदै गर्दा बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ ।