२९ आश्विन २०८३, बिहिबार

खुकुरीले छिनाएको हात ग्रान्डीमा यसरी जोडियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Clinical Pic not to...Disturbing ...use as an evidence only...not to be published.काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरूको टोलीले समयमै अस्पताल ल्याइपुर्याडए छिनेको हात पनि जोड्न सकिने कुरा पुनः एकपटक पुष्टी गरेका छन् ।

गत बुधवार खोटाङका एक युवकको छिनेको हात सफलतापूर्वक जोडिएपछि सो कुरा पुष्टि भएको हो । खोटाङका ३४ वर्षिय चरित्र कुमार तामाङको खुकुरी प्रहारका कारण छिनेको हात जोङ्ने शल्यक्रिया डाक्टरहरुको संयुक्त टोलीको दश घन्टाको अथक प्रयासपछि सफलतापूर्वक सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।

शल्यकृयामा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट भाष्कुलर सर्जन डा. उत्तम कृष्ण श्रेष्ठ, प्लाष्टिक सर्जनहरु डा. जयन मान श्रेष्ठ र डा. ज्योती रायमाझी , अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त र एनेस्थेसियोलोजिष्ट डाक्टरहरु डा. मुरारी राज उप्रेती र डा. अर्चन अधिकारी सहभागी हुनुहुन्थ्यो ।

शल्यकृयापछिको चौथौं दिनदेखी नै तामाङले राहत महसुश गरेको र उनको घाउ पनि निको हुँदै गएको छ । उनको नाडिको चाल र हातको सेन्सेसन आउन समय लाग्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

chitra

शल्यक्रियापछि ग्रान्डी अस्पतालको मिडिया टिमसँग कुराकानी गर्दै तामाङले आफू ग्रान्डीको सेवा सुबिधा, डाक्टरहरुको मेहनत र नर्सिङ स्टाफको सेवावाट अत्यन्त खुशी भएको र आफ्नो देब्रेहात आफ्नो नभएर ग्रान्डी अस्पतालको भएको प्रतिकृया दिएका छन् । उनलाइ गत बुधवार मध्यान्ह खोटाङवाट हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी अस्पतालमा ल्याइ तत्काल उपचार थालिएको थियो ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस अघि पनि तीनवटा यस्तै प्रकृतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ग्रान्डी अस्पतालमा २४ सै घण्टा बिशेषज्ञ डाक्टरहरु सहित उपलब्ध इमरजेन्सी सेवा र एउटै छानामूनी बिभिन्न बिधाका बिशेषज्ञ चिकित्सकहरुको उपलब्धताले यस किसिमका जटिल समस्याको उपचार समेत सम्भव भएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।