२९ आश्विन २०८३, बिहिबार

सडकमा हिँडीरहेका पुरुषलाई अपहरण गरेर ७ जना पुरुषले नै गरे सामुहिक बलात्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boy-rapeएजेन्सी । अमेरिकाको वाशिंगटन डिसीमा सडकमा हिँडीरहेका एक पुरुषलाई बन्दुक देखाई ७ जना पुरुषले बलात्कार गरेका छन् । वाशिंगटन डिसी को कोलम्बिया हाइटमा शुक्रबार साँझ सन्ध्याकालिन समयमा टहल गर्न निस्केका एक पुरुषमाथि यौन आक्रमण भएको हो ।

पुरुष नजिक एक अपरिचित व्यक्ति आई बन्दुक देखाई उनलाई जबर्जस्ती गाडीमा हालेर यौन आक्रमण गरेको डिसी प्रहरीले जनाएको छ ।

७ जना को समुहले उक्त यौन आक्रमण गरेको डिसी प्रहरीले जनाएको आइतबार जनाएको छ भने उक्त घटना गत शुक्रबार भएको हो । प्रहरीले दिएको जानकारी अनुसार करिब ६ फुट १ इन्च जति अग्लो हिस्पानिक करिब २२ देखि २७ बर्षको लिई व्यापक खोजी गरेको जानकारी गराएको छ भने सुरिलो शरीर, सानो, घुम्रेको कालो कपाल भएको हुलिया बताएको छ ।

व्यक्तिले सुन्तला रंगको कमिज तथा खैरो प्यान्ट लगाएको र बन्दुत सहित भएको एनबिसी ४ ले समाचार लेखेको छ । यसैगरि उक्त संदिग्ध व्यक्ति संग अलिक ठूलो ज्यान भएको करिब १७ देखि १९ बर्षको हल्का रंगको पनि रहेकोले खोजि गरि रहेको छ ।

प्रहरीका अनुसार कम्तिमा अन्य ५ जना संदिग्ध अपरिचित व्यक्तिहरु पनि संलग्न रहेको जनाएको छ । यी संदिग्ध अज्ञात व्यक्तिहरुको सूचनादिने लाई १ हजार डलर पुरस्कार दिने डिसी अपराध नियन्त्रण प्रहरीले उल्लेख गरेको छ ।