२९ आश्विन २०८३, बिहिबार

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो, कहाँ-कति घट्यो ? (हेर्नुस् तालिका)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlinesकाठमाडौं, १९ साउन । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् ।

नेपाल आयल निगमले आइतबार हवाई इन्धन मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले साउन २२ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाउने निर्णय गरेको प्रवक्ता घनश्याम आचार्यले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु १६८ रुपैयाँ ७५ पैसा घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ५८१ रुपैयाँ २५ पैसा घटाइएको छ ।

निगमले आइतबार हवाइ इन्धनको मूल्य १५ रुपैयाँले घटाएको थियो । नयाँ मूल्यअनुसार आन्तरिक उडानतर्फ प्रतिलिटर ११८ रुपैयाँ कायम गरेको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता आर्चायले देशभरका कुल १० वटै रुटमा भाडा घटाइएको बताउनुभयो ।

यस्तो छ वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागु हुनेगरी घटाएको भाडादर :

१) काठमाडौं– पोखरा– रु. २५३.१३
२) काठमाडौं– धनगढी– रु. ५८१.२५
३) काठमाडौं– विराटनगर– रु. ३४६.८८
४) काठमाडौं– भरतपुर– रु. १९६.८८
५) काठमाडौं– भद्रपुर– रु. ४१२.५०
६) काठमाडौं– भैरहवा– रु. ३०९.३८
७) काठमाडौं– जनकपुर– रु. २२५
८) काठमाडौं– सिमरा– रु. १६८.७५
९) काठमाडौं– तुम्लिङटार– रु. ३०९.३८
१०) विराटनगर– तुम्लिङटार– रु. १८७.५०