१ कार्तिक २०८३, शनिबार

देश टुक्राउने अभिव्यक्ति दिएका सभासद सिंहसँग कांग्रेसले स्पष्टीकरण माग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh_Kumar_Singh__3

स्रोतका अनुसार मुख्य सचेतक चिनकाजी श्रेष्ठले सभासद सिंहलाई देश टुक्रन सक्ने भनेर दिएको अभिव्यक्ति र पार्टीका विधान विपरितका गतिविधी गरेका सम्बन्धमा सोधेका छन् ।

‘कांग्रेसको विधि र विधान विपरित सभासद अमरेशकुमार सिंहले अभिव्यक्ति दिँदै आउनुभएको छ । गतिविधी गर्दै आउनुभएको छ’, कांग्रेस उच्च स्रोतले भन्यो, ‘उहाँले राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकाहरूमा राष्ट्रिय अखण्डतामाथि आँच आउने गरी बोल्नु भएको छ । ती सबै विषयलाई लिएर स्पष्टीकरण सोधेका छौं ।’

त्यसैगरी संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गर्न कांग्रेसले सिरहा क्षेत्र नम्बर- ६ मा सभासद सिंहलाई खटाएको थियो । तर, सभासद सिंह सुझाव संकलनका लागि गएका थिएनन् । उनको सो कार्यबाट कांग्रेस रिसाएको थियो । त्यस विषयमा पनि सिंहसँग स्पष्टीकरण सोधिएको स्रोतले उल्लेख गरेको छ ।