२९ आश्विन २०८३, बिहिबार

अर्थमन्त्रीले मन्त्रीमुखी, नेतामुखी र ठेकेदारमुखी बजेट ल्याएको सांसदको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramsaran-mahatकाठमाडौँ, १८ साउन । व्यवस्थापिका-संसद्को आजको बैठकको शून्य समयमा सभासद्हरूले सदनमा प्रस्तुत बजेट असन्तुलित भएको आरोप लगाउँदै देशको समसामयिक घटनाबारे सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

अर्थमन्त्री डा रामशरण महतद्वारा प्रस्तुत आव २०७२/७३ को बजेट असन्तुलित भएको, बजेट मन्त्रीमुखी, नेतामुखी र ठेकेदारमुखी भएको आरोप लगाउँदै उनीहरूले यस्तो केन्द्रीकृत बजेट पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सदनमा सांसदहरूले उठाएका कुरालाई सरकारी सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने व्यवस्था हुुनुपर्ने आवश्यकता पनि सांसदहरुले गर्नुभएको थियो ।

यसैगरी तराई क्षेत्रमा वर्षा हुन नसकी अधिकांश जमिन सुक्खा भएकाले तराईलाई सुक्खा क्षेत्र घोषणा गरिनुपर्ने र पीडित किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने जुम्लाको चन्दनपुर क्षेत्रका बाढीपीडित र कास्की जिल्लाका पहिरोपीडितलाई उचित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।

यसैगरी सङ्खुवासभाको चैनपुर अस्पतालको स्तरोन्नति गर्नुपर्ने, बारम्बारको दैवी प्रकोपबाट पीडित ताप्लेजुङ जिल्लामा राहत र पुनःस्थापनाको व्यवस्था गर्र्नुपर्ने, बर्दिया बजारमा रहेका सुकुम्बासीलाई वर्षाको समयमा उठाउन नहुनेमा पनि सांसदहरूले जोड दिनुभएको थियो ।

वृद्ध भत्तालाई व्यवस्थित गर्नुपर्ने, पुनःनिर्माण प्राधिकरण छिटो गठन गर्नुपर्ने र अस्थायी शिक्षकको समस्या समाधान गर्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

शून्य समयमा सांसदहरु बलबहादुर महत, बलबहादुर चौधरीे, बलराम अधिकारी, वसुन्धारा रोकाय, बुद्धिसागर चौधरी, वंशिधर मिश्र, भक्तबहादुर विश्वकर्मा, भरतकुमार साह, भरतबहादुर खड्का, भरत साउद, भवानीप्रसाद खापुङ, भानुभक्त ढकाल, भूपेन्द्र थेवे, मदनकुमारी साह, ममता गिरी, महेन्द्रबहादुर साही, मानपुर चौधरी, मानबहादुर खत्री, मानबहादुर थारु, मिठ्ठू मल्ल, मिरा ध्वजु, मुक्ताकुमारी यादव, मुक्तिप्रसाद पाठक, मोहनकुमार राई, मोहनसिंह राठोर, यज्ञबहादुर थापा, योगेन्द्र तामाङ घिसिङ, लक्ष्मी चौधरीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस