३० आश्विन २०८३, शुक्रबार

फिल्म ‘कम्पन’मा भूकम्पको कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

film-kampan (1)काठमाडौं । वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर फिल्म ‘कम्पन’ बनेको छ । दिनेश पौडेलले निर्देशन गरेको फिल्म अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।

निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन काठमाडौं र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा गरिएको छ । ‘भूकम्पको कम्पनले मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर फिल्म बनाउने प्रयत्न गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्मले दर्शकलाई भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुन सम्झाउनेछ ।’

फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदी कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो फिल्मलाई मंसिरमा हलमा ल्याउने तयारी भईरहेको निर्माता अनिल बुढाथोकीले बताए ।