एजेन्सी । क्यानडामा महिलाहरुले विरोध गर्ने नयाँ तरिका अपनाएका छन् ।
त्यहाँका तीन युवतीलाई विकनी हिँडेको भन्दै प्रहरी रोक लगाएपछि त्यसैको विरोध स्वरुप सबै महिला निवस्त्र सडकमा उत्रिएको समाचार एजेन्सीले जनाएका छन् । क्यानडा ओन्टारियो स्थित किच्हेनर सहरमा टपलेस भएका तीन युवतीलाई प्रहरीले रोकेपछि त्यसको विरोधमा यस्तो प्रदर्शन भएको हो ।

प्रहरीले साइकल कुदाइरहेका तीन जना युवतीहरु तमीरा, नादिया र अलीशालाई शरीरको माथिल्लो भागमा लुगा नलगाएको भनेर रोकेको थियो । प्रहरीले उनीहरूलाइ शरीरको माथिल्लो भागमा लुगा लगाउन समेत आग्रह गरेको थियो । युवतीहरुले गर्मीका कारण लुगा फुकालेको जवाफ दिएका थिए । र पछि यो विषयलाई लिएर प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले सुरक्षाका कारण उनीहरुलाई रोकेको जवाफ दिएको छ । किच्हेनर सहरको एउटा अदालतले सन् १९६६ मा गरेको निर्णयअनुसार महिलाहरु शरीरको माथिल्लो भागमा लुगा नलगाई हिँडडुल गर्न सक्छन् ।
‘बेयर विद अस’ नाम दिइएको प्रदर्शनमा सहभागी सयौं महिलाले प्रहरी कदमको बिरोध गरे । ‘यो स्तन हो बम हैन । आनन्दसँग बस्नोस्’, प्रदर्शनकारी महिलाले प्लेकार्डमा लेखेका थिए । यो विरोधको विश्वभरी चर्चा भइरहेको छ ।













प्रतिक्रिया