२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, १७ साउन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

आइतबारदेखि लागूहुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरले बताए ।

उनका अनुसार निगमले पहिलो पटक खाना पकाउने ग्यासको पनि मूल्यमा ३५ रुपैयाँले घटाएको छ । खाना पकाउने ग्याँसको अब प्रतिसिलिन्डर १४ सय ३५ रुपैयाँ कायम गरिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १३२५ डलरमा झरेको छ ।