३० आश्विन २०८३, शुक्रबार

शनिवार ‘मिस प्लस टु’ को अडिशन हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miss Plus 2काठमाडौं, १७ साउन । भर्खरै मिस एसएलसी–२०१५ को सफल आयोजना गरेको बन्दना कला केन्द्रले ‘मिस प्लस टु–२०१५’ आयोजना गर्ने घोषणा गरेको छ । केन्द्रले यो प्रतियोगिताका लागि आवेदन फाराम खुला भएको जनाउँदै आगामी साउन २३ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गर्दैछ ।

उच्च शिक्षाका लागि प्रारम्भिक खुड्किलो टेक्दै गरेका छात्राहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कक्षा ११ तथा १२ मा अध्ययनरत किशोरीहरुले यो प्रतियोगितामा सहभागिता जनाउने छन् । काठमाडौं बाहिर गत साउन १५ गते अडिसन सम्पन्न भैसकेको संस्थाका प्रमुख अर्पण राईले बताएका छन् ।

राजधानी बाहिरका शहरहरु धरान, बुटवल, पोखरा, विराटनगर, दमक, भरतपुर, भैरवा लगायतमा आवेदन भर्न सकिने आयोजक संस्थाले जनाएको छ । अडिसनमा सफल हुने प्रतिस्पर्धिले मात्र मुख्य प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।

छनौटमा परेका प्रतिस्पर्धीहरुलाई ग्रुमिङ क्लास, पसर्नालिटि डेभलोपमेन्ट, सेलिब्रेटीसंगको अनौपचारिक कक्षाका साथै नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीसँग व्यक्तित्व विकास सम्बन्धी कक्षा तथा नेपाली चलचित्र तथा मोडलिङ बारेमा तालिम प्रदान, शैक्षिक भ्रमण, आम सञ्चार तथा रेडियो कार्यक्रम सम्बन्धी कक्षामा समेत सहभागी गराइने छ । निर्णायक प्रतियोगितामा विजयी हुने एक जनाले उपहार स्वरुप स्कुटर पाउने आयोजकले जनाएको छ ।