१ कार्तिक २०८३, शनिबार

गायिका कोमल वली भन्छिन्- ‘उसको परिवार हेरेर ‘आइ लभ यु’ भन्न सक्दिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

komal oli (8)

– विश्वास खड्काथोकी

त्यस्तै ३४ वर्षकी थिएँ होला । दुई वर्षसम्म विवाह गर्छु भनेरै बसें । जोसँग विहे गर्छु भनेकी थिएँ, नजिक भएपछि उसको ‘एटिच्युड’ राम्रो लागेन । अनि विहे नगर्ने संकल्प गरे ।

अमेरिकाले किन भिसा दिएन, म आफैलाई थाहा छैन । मेरो भिसा किन रिजेक्ट गर्नुहुन्छ भनेर सोधिरहन्छु । भिसा नदिएकोमा दुःख त लाग्दैन तर, रिस उठ्छ ।

प्रेमबिना मान्छे बाँच्न सक्दैन । मान्छेहरुले कोमलले ब्वाइ फ्रेण्ड फेर्दै हिड्यो भन्लान । मान्छे, सधै साधु/सन्त जस्तो भैरहन त सक्दैन नी । फेरि कसैसँग प्रेम गरेर विवाह गर्नैपर्छ भन्ने पनि छैन ।

राजसंस्थाप्रति आस्था राख्ने मान्छे हुँ । हिजो राख्थे, आज राख्छु र भोलि पनि राख्नेछु । यो मेरो नैतिकता हो ।