३० आश्विन २०८३, शुक्रबार

वलीले सम्पदालाई यसरी नचाए चपलीहाइटमा (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3काठमाडौं । फिल्म निर्देशक अमर वली म्युजिक भिडियोमा राम्रो पहिचान बनाएका कलाकार हुन् । आफ्नो निर्देशन र कला यात्रा म्युजिक भिडियोबाट सुरुवात गरेका वली अहिले पनि ठूला फिल्मभन्दा म्युजिक भिडियोमा रमाउँछन् ।

ठूला फिल्म बनाउन बजेट, समय, मिहिनेत आदि धेरै लाग्ने गरेको बताउने ओलीले म्युजिक भिडियोमा थोरै समयमा धेरै क्षमता देखाउन सकिने बताउँछन् ।

‘ठूला फिल्म बनाउन ठूलो मिहिनेत हुन्छ । धेरै समस्या लाग्छ’, उनले भने, ‘आफ्नो क्षमता र खुबी देखाउनका लागि पाँच मिटनको म्युजिक भिडियो प्रसस्त हुन्छ । म्युजिक भिडियो देख्नलाई सानो भएपनि दिमाग अलि धेरै लगाउनुपर्छ ।’

उनले अगाडि थप्छन्, ‘ठूलो फिल्ममा कथा लामो हुन्छ । समय पनि दुई घण्टाको हुन्छ । तर म्युजिक भिडियोमा थोरै समय त्यो पनि पाँच मिनट । त्यसभित्रै रहेर सबै कथा दर्शकलाई बुझाउन सक्नुपर्छ । होइन भने के को निर्देशक ?’

यसैबीच, निर्देशक ओलीले शनिबार मात्रै अर्को एउटा म्युजिक भिडियो शूट गरेका छन् । अहिलेकी चल्तिकी मोडल सम्पदा बानियाँलाई राखेर उनले म्युजिक भिडियो शूट गरेका हुन् । म्युजिक भिडियो राम्रो भएको उनको भनाइ छ ।

म्युजिक भिडियोमा सम्पदाका साथै राजकुमार तामाङको अभिनय देख्न पाइन्छ । सम्पदा र राईलाई निर्देशक वलीले राम्रोसँग अभिनय गराउन सकेकोमा खुसी व्यक्त गर्छन् ।

काठमाडौंको चपललीहाइटमा शूटिङ गरिएको गीतमा स्वर शिव परियारको छ । गीतमा संगीत ओमप्रकाश राईले दिएका हुन् ।

गीतको म्युजिक भिडियोका दृश्य मुकेश हुमागाईले क्यामरामा भरेका छन् । राम्रो सम्भावना बोकेका चापागाइँले गीतको भिडियो शूटका लागि खुब मिहिनेत गरेको निर्देशक वलीको भनाइ छ ।

1 2  Amar Oli & Sampada Baniya

Amar 1