सउल । कोरियामा एक नेपाली कामदारको हत्या भएको छ ।
करिब हप्तादिन अगाडि रोजगारीका लागि कोरिया पुगेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई सँगै बस्ने नेपाली साथीले नै हत्या गरेका हुन् ।कोरियाको ख्यंगीदो ग्वाङजुमा रहेको फनिचर कम्पनीमा कार्यरथ भोजपुरका ३४ वर्षीय परशुराम राईले बिहीबार राति राउतको हत्या गरेका हुन् ।
राति खाना खाएर सँगै सुतेका राईले राउतलाई सुतेकै अवस्थामा काठको चिर्पटले हानेर हत्या गरेको अर्का नेपाली नवलपरासीका मिलन न्यौपानेले बताए । उनका अनुसार हत्यापछि राई आफैले प्रहरीलाई खबर गरी आत्मसमर्पण गरेका थिए ।
मानसिक तनावमा राउतको हत्या गरेको राईले प्रहरीमा बयान दिएको न्यौपानेले जानकारी दिए । मृतक राउन इपिएस प्रणालीबाट एक हप्ता अघि मात्रै कोरिया आएका थिए ।















प्रतिक्रिया