२९ आश्विन २०८३, बिहिबार

नेपाल एयरलाईन्समा जागिर खुल्यो, एसएलसी पढेकालाई पनि अवसर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlines

काठमाडौं, १४ साउन । नेपाल वायु सेवा निगमले रिक्त पदमा कर्मचारीका लागि योग्यता पुगेका व्यक्तिका लागि दरखास्त आव्हान गरेको छ ।

एसएलसीदेखि स्नातक तहसम्म पास गरेका नेपाली नागरिकका लागि निगमले रोजगारीको अवसर खोलेको हो । निगमले प्रशासन र लेखा समूहका चौथोदेखि छैठौं तहसम्म १ सय ४८ जनाका लागि जागिर खोलेको बिहीबारको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

निगमले सामन्य प्रशासन तर्फको अधिकृत पदमा २४ जना, बरिष्ठ सहायक १८ जना र सहायक ५६ जना माग गरेको छ । त्यस्तै, लेखा समूहतर्फ २३ जना लेखा अधिकृत, ६ जना बरिष्ठ लेखा सहायक र २१ जना माग गरेको छ ।

आवेदकले अधिकृत तहका लागि स्नातक, बरिष्ठ सहायकका लागि प्रमाणपत्र तह र सहायक पदका लागि एसएलसी पास हुनुपर्नेछ । इच्छुक नेपाली नागरिकले भदौ ४ गतेसम्म निगमको कार्यालयमा दरखास्त बुझाउन सक्ने छन् ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

nepal-airlines