२९ आश्विन २०८३, बिहिबार

गफाडी हुने रोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-sedian

रमा कक्षा १० कि छात्रा हुन् । एक्कासी उनीमा निकै फूर्ति देखिन लाग्यो, उनी निकै खुसी देखिन थालिन्, सिंगार पटारमा पनि उत्तिकै ध्यान दिन लागिन् । राम्रो राम्रो लुगा लगाउने सोख पनि बढ्दै गयो । आफूलाई अरूभन्दा ठूलो ठान्न थलिन् । आफूमा अरूले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ भन्दै बारम्बार भन्न थालिन् । आफू निकै राम्रो भएकोले निकै अर्कषक केटाले पनि आफूलाई चाहन्छन् भने उनको मनमा लाग्छ ।

उनले भनेको नमन्ने वित्तिकै अत्यन्तै रिसाउन लागिन् । राति कमै सुतेपनि निद्रा पुग्दथ्यो । उनि निकै झगडालु बनिन्, सानो कुरामा पनि झगडा गर्दै घर परिवारका मन्छेलाई पिट्ने, अचानक झनक्क रिसाउने भयो । बिस्तारै उनी गफाडि बन्दै गइन । स्कूल जान पनि छाडिन् ।  अस्वाभावीक व्यवहार परिवर्तन हुदै गएपछि उनलाई अस्पताल ल्याइयो ।  उनि अस्पतालमा पनि निकै कराईरहेकि थिइन् । १५ दिनको उपचारपछि उनी राम्रो अवस्थामा आइन्, आफूले गरेको घमण्डलाई विरामी रहेछु भन्ने थाह पाइन् ।

त्यस्तै  १६ वर्षे सुनिता कक्षा ९ मा पढ्छिन् । केही दिनदेखि उनी फरक देखिएकि छिन् । उनी बढि बोलिरहन्छिन्, छिट्टै रिसाउने र बढी सिँगारपटार गर्छिन् । उनि भन्छिन् “म ३ दिन भित्र प्रधानमन्त्रि बन्नेछु ।” उनी आफुलाई फूर्तिलो, सिपालु, जोसिलो र राम्री ठान्छिन् । उनमा तडकभडक निकै छ । विवाह गर्ने कुरा पटक–पटक गर्छिन् । एउटा काम नसक्दै अर्को सुरु गर्छिन् । उनले भनेको नमानेमा पिट्छिन् । राती २–३ घण्टा सुतेपछि उठ्छिन् र अरुलाई डिस्टर्व गर्छिन् । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन् । अनि आफु धनि भएको फूर्ति उडाउछिन् ।

उनको रोग थाहा भएन तर लक्षण बढ्दै गयो । यस्तो लक्षण देखाउने रोगलाई मेनिया भनिन्छ । एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ । मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ । विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २/३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ ।
मेनिया जस्तो लक्षण भएको तर मेनिया जती वढी उत्तेजित नभएको अवस्था हाइपोमेनिया हो । यो रोग पटकपटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटकपटक देखिरहन्छन् । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौं घटना घट्न सक्छन् ।

मेनिया रोगका लक्षणहरु

घमण्डी बन्ने, बढी फूर्ती लगाउने ।
धेरै खुशी हुने तर, भनेको नमाने झनक्क रिसाउने ।
बढी आशवादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
वढी पैसा माग्ने वा खर्च गर्ने ।
पटक पटक ऐना हेरीरहने ।
२,३ घण्टा सुते पनि निद्र पुग्ने ।
यौनमा बढी रुचि हुने ।
एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
अरु देखि शंका गर्ने ।

यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटकपटक दोहारिन सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ । यो रोगमा पुरुषमा यौन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ ।

मेनिया रोगबारे जान्नैपर्ने कूरा

मेनिया रोगका विरामी घमण्डी हुन्छन् । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् । त्यसैले यस्ता विरामीसंग अनावश्यक बादविवाद गर्नु हुदैन । नम्र भएर कुरा गर्नुपर्छ । मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ । मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनुपर्छ । वा अस्पतालमा सम्पर्क गर्नुपर्छ । लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्दगरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम टक्सिसिटीबाट बचाउन सकिन्छ ।  मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाक्टरको सल्लाहबाट मात्र छाड्नुपर्छ ।

 कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
अनावश्यक कुरामा एकोहोरो गहिरो सोचार्ई नगर्ने ।
अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुदैन ।
हरेक काममा खुसि, सुखि तथा सन्टुष्ट बन्ने
लागुपर्दाथ तथा दूब्र्यसनीबाट टाढा रहने
अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने
मनका कुरा अरुलाई भन्ने वानी गर्ने

– डा. सि पी सेडाई , नशा तथा मानसिक रोग बिशेषज्ञ, चितवन मेडिकल कलेज