काठमाडौं, १३ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको पहिलो खेलमा व्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ ।
स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा जारी खेलमा नेपालले ओपनर महेश क्षेत्रीलाई २१ रनमा गुमाएको छ । उनी ३९ बल खेलेर १ चौका हान्दा आउट भए ।
अहिले नयाँ व्याट्सम्यानका रुपमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । नेपालले १२ ओभरको खेलमा १ विकेट गुमाएर ४६ रन जोडेको छ ।















प्रतिक्रिया