काठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको पहिलो खेलमा अहिले नेपाल स्कटल्यान्डसँग उसकै घरेलु मैदानमा खेलिरहेको छ ।
नेपाली समयानुसार अपराह्न साढे ६ बजे स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐर सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
यसअघि खेल साढे तीनबजे सुरु हुने बताइएपनि मैदानका कारण ढिलो भएको हो । आजको खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डल रहेका छन् ।
स्कटल्याण्डविरुद्ध नेपाली टोलीबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेटकिपर), अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँस्कोटा/राजेश पुलामी मगर, सिद्धान्त लोहनी/प्रदीप ऐरी, सोमपाल कामी, अभिनाश कर्णले खेलिरहेका छन् ।















प्रतिक्रिया