काठमाडौं, १३ साउन । बेरोजगार युवालाई खुसीको खबर । फौजमा काम गर्न चाहनेका लागि नेपाली सेनाले साढे तीन हजारका लागि जागिर खोलेको छ ।
स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिष्पर्धाबाट पदपूर्तीका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले रिक्त रहेका ३ हजार ३ सय ७६ विभिन्न पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । जंगी अड्डाले आज (साउन १३ गते) गोरखापत्रमा सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको हो ।
कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले गरेकोे आह्वानमा रिक्त रहेका विभिन्न पदहरु समावेशी तथा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ती गरिने जनाएको छ ।
जंगी अड्डाले इच्छुक योग्य नेपाली नागरिकबाट यही साउन १३ देखि भाद्र १० गतेसम्म नेपाली सेनाको भर्ना केन्द्रहरुबाट आवेदन फारम बुझाउन आग्रह समेत गरेको छ ।















प्रतिक्रिया