८ कार्तिक २०८३, आइतबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोरीको मृत्यु, आमा घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १२ साउन । पूर्वी चितवनको भण्डारामा आज स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।

अपराह्न ३ बजे हेटौंँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९९२९ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको बा ४१ प ७७०८ नंको स्कुटरलाई ठक्कर दिँदा आमासँगै स्कुटरमा रहेकी अढाइ वर्षीया एन्जिला विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्रममा घाइते भएका बालिकाकी आमा इन्दिरा र स्कुटर चालक भण्डाराकी आशा श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस