मेगा बैंकको बितेको पाँच बर्षलाई कसरी लिनुहुन्छ ?
कुनै पनि प्रोजेक्ट सफल हुनका लागि त्यसको टिममा को–को छ भन्नेले अर्थ राख्छ । उनीहरुको सिनर्जी र एक्सपेक्टिज के हो भन्नेले भूमिका खेल्छ । ‘राइट पर्सन एट द राइट प्लेस’ भन्ने सिद्धान्तलाई हामीले राम्रोसँग अपनाएका छौँ । तलदेखि माथिसम्मका प्रत्येक पोस्टमा काम गर्ने साथीहरु उत्तिकै क्षमतावान । कसैले काम गर्ने कला छ, कतिको कुरा गरेर विजनेश ल्याउनुमा दख्खल छ । यही सिनर्जीको तालमेल मिल्यो भने जुनसुकै टिम पनि सफल हुन्छ ।
तपाईंहरुको ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने चर्चित नारा छ, यो नारा व्यवहारमा पनि लागू भएको छ ?
व्यक्तिगत रुपमाभन्दा म मेगा बैंकमा आएकै ‘हलो’ भएर हो । मैले विदेशको बैंकमा पनि काम गरे । मसँग २४ वर्षको बैंकिङ अनुभव छ । तर, मेगा बैंकमा आएर आर्थिक रुपले मध्यमस्तरका परिवारको लागि काम गरियो । ५३ जिल्लाका १२ सय १९ जना मध्यमवर्गीय शेयर होल्डर छन् । यो नेपाली बैंकिङ क्षेत्रकै नयाँ इतिहास हो । उहाँहरुको र हाम्रो उद्देश्य मिलाएर हामी काम गर्न आएका हौँ ।
बेलुकी घरमा गएर सोच्दा लाग्छ, ‘मैले केही गरेकी छु । मेरो कामले कसैको जीवनमा परिवर्तन आएको छ । विकासशील राष्ट्रको लागि मैले योगदान दिएकी छु ।’ त्योभन्दा अरु के चाहियो ।
माइक्रो लेन्डिङलाई डिरेक्ट लेन्डिङ गर्ने मेगा पहिलो कर्मशियल बैंक हो । माइक्रो लेन्डिङमा लघुवित्त कर्जा एक अर्ब नाघेको छ । गाउँघरमा पुगेर हामीले ६०/६० हजार बिनाधितो लोन दिएका छौँ । यसले हजारौँ व्यक्तिको जीवन परिवर्तन गरेको छ । यो भनेको हलोलाई समाउनुकै प्रतिफल हो ।
त्यसो भए तपाईहरुले नयाँ ढंगबाट बैंकलाई अगाडि बढाइरहनुभएको छ, प्रतिक्रिया कस्तो छ ?
पहिले हलोदेखि हाइड्रोसम्मभन्दा धेरैले विश्वास गर्नुभएन । आँखा खुम्चाएर सोध्नुहुन्थ्यो, ‘हलोदेखि हाइड्रो हो कि, हाइड्रोदेखि हलो ?’ आजकल बैंकरहरु ठूल्ठूला शहरहरुमा केन्द्रित छन् । विकसित ठाउँमा लोन दिने प्रवृति विकास भएको छ । तर, हामीले गाउँगाउँमा पुगेर ‘एसएमई ल्याण्डिङ’ मार्फत पुजीँ थप्ने काम गर्यौँ । व्यवसायका लागि लोन दियौँ । यस्तो सोंचलाई कतिपयले बुझ्नुभएन वा पत्याउनुभएन । तर, अहिले पछाडि फर्कदा गर्व लाग्छ । किनकी हामीले धेरै मानिसहरुका जीवनमा उत्साह भरेका छौँ । माइक्रो लेन्डिङकै कारण कतिपय शाखाहरुले धेरै छिटो नाफा कमायो ।
हामीलाई गाउँमा गएर उहाँहरुको विश्वास जित्नु निकै चुनौतिपूर्ण काम थियो । यति ठूलो बैंक घरमै कर्जा दिन आउँछ भन्ने उहाँहरुलाई विश्वासनै थिएन । उनीहरुले डिपोजिट मात्र उठाउन आएको भन्ठान्थे । जब हामीले उहाँहरुलाई विश्वस्त बनायौँ । उहाँहरुकै ठाउँमा लगानी गरेर देखायौँ । त्यसपछि हामीप्रतिको आकर्षण बढ्न थाल्यो । हाम्रो उद्देश्य भनेको उहाँहरुलई बैंकिङ संञ्जालमा ल्याउने र आर्थिक रुपमा लिटर्सी पनि दिने हो ।
उसो भए, तपाईहरु मध्ययम वर्गमा छिर्न खोज्दै हुनुहुन्छ ?
छिर्न होइन, छिरिसक्यौँ । हामीकहाँ मुख्य आकर्षणनै मध्यम बर्गका मानिसहरुको छ । हुन त हामी नाफामुलक संस्था हौँ । यो कहिल्यै भुल्दैनौँ । तर, हाम्रो लक्ष्य भनेको नाफा कमाउनेमात्र नभएर उहाँहरुलाई विकास गराउने, आर्थिक क्षेत्रमा सक्षम बनाउने पनि हो । हामीले हाम्रा सेयर होल्डरहरुलाई नाफा पनि दिनु छ ।
तपाईंहरुले गत वर्ष नै विदेशमा मेगा बैंकको शाखा विस्तार गर्ने भन्नुभएको थियो, अहिले यो योजनालाई पञ्चबर्षिय कार्ययोजनाभित्र राख्नुभएछ, के ले रोक्यो ?
पहिले अध्ययन गर्नु पर्यो नि ! हामी पहिला स्टाबिलिस्ट टे«नमा थियौँ । नयाँ बच्चा जन्मेपछि एकैपटक कलेज जान्छ भन्न त मिलेन । हामीले त्यसलाई ध्यानमा राखेर पाँच बर्षको योजना बनाएका हौँ ।
अब नेपाली नागरिकले मेगा बैंकबाट के आशा गर्दा हुन्छ ?
हामी शेयर होल्डर्स र शेयर मुल्य बृद्धि गरी सेवाहरुलाई अझ विस्तार गर्ने तयारी गर्दैछौँ । हामीले भिसा डेबिट, क्रेडिट कार्डको पनि सेवा दिदैछौँ । सुदूरपश्चिममा दुईवटा शाखा खोल्दैछौँ । पाँच वर्षमा पाँचवटा शाखारहित बैंक खोल्ने योजना छ । त्यस्ता कार्यक्रमले मध्यम बर्गिय परिवार र गाउँघरलाई छुनेछ । नेपालका जहाँ–जहाँ बैंकिङ सेवा चाहिन्छ हामी त्यहीँ काम गर्ने हो । तर, हामीले हाइड्रोलाई पनि बिर्सेका छैनौँ । एसएमई बैंकिङ सेवा त पहिलेदेखिनै राखेका छौँ । यसमार्फत कतिले माइक्रो लोन लिएर व्यवसायलाई विकास गरी फुल एसएमई लोन लिनसमेत थालिसक्नु भएको छ । उनीहरुको प्रगति हुनु भनेकै हामी अगाडि बढ्नु हो ।
बैंक धेरै भए, यति धेरै बैंकको बीचमा काम गर्न निकै चुनौतिपूर्ण छ हैन ?
नयाँ काम गर्नुपर्छ । नेपालका ७० प्रतिशत जनता अहिले पनि बैंकिङ सेवाभन्दा बाहिर छन् । यो मार्केट नभएर के हो ? प्रतिस्पर्धा जहिले पनि हुन्छ । तर, तपाईको लक्ष्य के हो भन्नेले भूमिका खेल्छ । हामीले नेपालको कुनाकुनामा आर्थिक सेवा पुर्याउन चाहन्छौँ । एक बर्ष मैले पैसा नकमाउँला । तर, त्यो मेरो लगानी हो । त्यो, देशको लागि लगानी हो, जनताका लागि लगानी हो ।
अगामी वर्षको लागि तपाईहरुको नयाँ र युनिक प्रोजेक्ट के आउँदैछ ?
ट्याव बैंकिङ । ट्यावलेट बोकेर सुदूरपश्चिममा सेवा दिनु भनेको चानचुने कुरा होइन । यो, युनिक हो, चुनौति हो, प्रगति हो ।
पाँच वर्षसम्म मेगा बैंकमा गरेको कामबाट सन्तुष्ट हुनुहुन्छ ?
बेलुकी घरमा गएर सोच्दा लाग्छ, ‘मैले केही गरेकी छु । मेरो कामले कसैको जीवनमा परिवर्तन आएको छ । विकासशील राष्ट्रको लागि मैले योगदान दिएकी छु ।’ त्योभन्दा अरु के चाहियो ।
















प्रतिक्रिया