चितवन, १२ साउन । पुल भाँचिएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग मंगलबार अपराह्नदेखि खुलेको छ ।
सोमबार साँझ नवलरासीको गैंडाकोटमा जयश्री खोलाको पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।
खोलामा ह्युमपाईप राखेर डाइभर्सन निर्माण गरिएपछि २३ घण्टापछि अबरुद्ध यातायात एकतर्फी रुपमा सूचारु भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमबाट पूर्वतिर जान रोकिएका सवारी साधनलाई अहिले पठाउने कार्य भई रहेको छ ।















प्रतिक्रिया