२९ आश्विन २०८३, बिहिबार

यसकारण सुन तोलाको २० हजारमा झर्न सक्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldएजेन्सी । सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । ३० हजारबाट घटेर सुनको भाउ करिब २४ हजार भारतीय रुपैयाँ नजिक पुगेको छ । तर अझै पनि दाबी गरिएको छ कि यो भाउ २० हजार भारतीय रुपैयाँ सम्म पुग्ने छ ।

जसअनुसार नेपालमा सुनको तोलामा ३२ हजार रुपैयाँसम्म पुग्नेछ । अहिले नेपालमा तोलाको ४८ हजारमा कारोवार भइरहेको छ ।इन्‍वेस्‍टमेन्ट बैंकर मार्गन स्टेनलीले आफ्नो रिपोर्टमा भनेका छन्- अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेर ८०० डलर प्रति तोलासम्म आउन सक्छ । जसका कारण घरेलु बजारमा पनि सुनको मूल्य तोलाको २० हजार रुपैयाँ तोकिने छ भने नेपालको घरेलु बजारमा ३२ हजार तोकिने छ ।

मार्गन स्टेनलीको रिपोर्टमा सुनका लागि वातावरण खराब हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति तोला १०८६.१८ मा झरेको थियो, जबकि यो मुल्य २०१० पछि कै सस्तो थियो । २००८ मा सुनको मूल्य तोलाको ८०० डलर थियो । मार्गन स्टेनलीले २०१५ का लागि औसत मूल्य ११९० डलर रहने अनुमान गरेका छन् ।

गोल्डमैन सैक्‍सका अनुसार अमेरिका ब्याजदर बढ़ाउने तैयारी गरिरहेको छ, जसका कारण डलर बोलियो हुँदैछ । त्यहीकारण लगानीकर्ता सुनमा पैसा लगाउन छाड्नेछ । गोल्डमैनका अनुसार त्यसपछि सुनको मूल्य १००० डलर प्रति तोला सम्म घट्न सक्छ ।

यी कारणबाट सुनको मूल्य २० हजार भारु अर्थात ३२ हजार नेपाली पुग्न सक्छ :
१) अमेरिकामा ब्‍याजदर बढ्ने सम्भावना ।
२) डलर इण्डेक्‍स लगातार बोलियो हुनु (डलर बोलियो हुने वित्तिकै सुनको भाउ घट्छ) ।
३) चीनमा माग घटेपछि भण्डार गरिएको सुन सस्तोमा आयात हुनु ।