८ कार्तिक २०८३, आइतबार

‘संविधान ल्याउन कसैले रोक्न सक्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetभक्तपुर, १२ साउन । उद्योग मन्त्री महेश बस्नेतले साउनभित्रै जनताको चाहनाअनुसारको संविधान जारी हुने बताउनुभएको छ ।

भक्तपुर जिल्लाको अनन्तलिंगेश्वर नगरपालिकाको गुण्डुमा मानवीय आस्था नेपालले आयोजना गरेको राहत वितरण कार्यक्रममा बोल्दै उहाँले कुनै पनि बहानामा अब संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो –“ढुक्क हुनुहोस्, अब संविधान आउँछ, संविधान ल्याउन कसैले रोक्न सक्दैन ।”

संविधान जारी भएलगत्तै देशमा शान्ति र विकासले फड्को मार्ने बताउँदै उहाँले जनताको चाहना र सुझावबाटै संविधान जारी हुने बताउनुभयो ।

कार्यक्रममा मन्त्री बस्नेतले गुण्डुको साविक वडा नं १, २, ३, ४ र दधिकोटका चार वडाका ९२ परिवार भूकम्पपीडितलाई अस्थायी टहरा र एक महिनालाई पुग्ने चामलसहितको खाद्यान्न सामग्री वितरण गर्नुभयो ।