८ कार्तिक २०८३, आइतबार

दाउन्नेमा बस जुध्यो, १५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १२ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा आज दिउँसो दुई बस एकआपसमा जुध्दा १५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ५९०० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६९३ नम्बरको बस एकआपसमा जुध्दा बसमा सवार १५ जना घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ स्थानीय मेडिकल र अस्पतालमा लगिएको छ । प्रहरीले घटनामा घाइतेको अवस्था सामान्य रहेको जनाएको छ । रासस