गौशाला, १२ साउन । महोत्तरीको गौशालामा एक शिक्षक यौनलिलामा लिप्त रहेका बेला रंगेहात पक्राउ परेका छन् । गौशालाको प्रकौली गाविसमा आज अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका- ४ घर भई प्रकौली- ४ स्थित दामोदर एकेडेमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका- ४ बस्ने २० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक अपराध मुद्दा चलाएको छ । रासस















प्रतिक्रिया