८ कार्तिक २०८३, आइतबार

भूमाफियाद्धारा किर्ते गरी पारित गराएका जग्गा बदर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– महेश दास
वीरगञ्ज, १२ साउन । मालपोत कार्यालय पर्साले किर्तेगरी जग्गाहरु विक्री गरेका हरुको खोजी गदै श्रेस्ता दर्ता बदर गर्न थालेपछि भूमाफियाहरुमा हलचल सुरु भएको छ । विगत दुई महिनामा तीन वटा दर्ता श्रेस्ता बदर गरेको हो ।

निजी जग्गा, सार्वजनिक जग्गाका विभिन्न कागजातहरु किर्तेगरी भूमाफियाले आफ्नो नाउ‘मा गराइ विक्री गर्न सफल जग्गाहरुको हालै सरुवा भई आउनु भएका प्रमुख मालपोत अधिकृत प्रकाश पोखरेलले छानविन गरी बदर गर्न थालेका छन् ।

मालपोत कार्यालय पर्साले जिल्लाको लालपर्सा गाविसमा किता नम्बर ५० को १ कट्ठा सार्वजनिक ऐलानी जग्गा (जुन २०७१ सावन ४ गते सन्तोस कुमार कलवारले आफ्नो नाममा दर्ता गराई दुई जनालाई विक्री गरेको’को श्रेस्ता बदर गरी पुनः सार्वजनिक नै कायम गरेका छन् । सो जग्गाको मूल्य १ करोड ५० लाख भन्दा बढीको रहेको बताइन्छ ।

यसैगरी वागवन्ना गाविस – ९ को किता नम्बर ६६७ को ७ कट्ठा ११ धुर शाान्ति देवी केसीको जग्गा लेखापढी व्यवसायी मुमताजले रोक्का रहेको जग्गा किर्ते गरी कौशल किशोर श्रीवास्तवको नाउ‘मा गराएको दर्ता वदर गरेका छन् । सो जग्गा रोक्का रहेको थियो ।

यसैगरी साविक नकटुवा – २ वी हाल वीरगंज उपमहानगर पालिका वार्ड नं. १८ को किता नम्बर १३२, ४४० र ४२१ को करीव साढे ६ कट्ठा शान्ति देवी कायस्थको जग्गा अन्जनी सिंहले आफ्नो नाउ‘मा श्रेस्ता कायम गराई बिजय सिंहलाई गरिएको बिक्रीलाईसमेत मालपोत कार्यालय पर्साले असार १४ गते दर्ता खारेज गरेको छ । सो जग्गाको मुल्य करिब २ करोड पर्ने बताइएको छ । श्रेस्ता गायवपारी शान्ति देवी कायस्थको जग्गा अन्जनी सिंहले आफ्नो नाउ‘मा कायम गरेका थिए ।

यसैगरी पर्सा परवानीपुरमा राज कुमार बैध लगायत विभिन्न उधोगको नाउ‘मा रहेको करौडौको जग्गा पनि किर्ते गरी पारीत गराएको बुझिन आएको र छानवीन पछि किर्तेगरी पारीत प्रमानित भए सो जग्गा दर्ता पनि वदर हुने एक अधिकारीले वताएका छन् ।

भूमाफियाहरु निजी तथा सार्वजनिक जग्गाहरु किर्ते गरी विक्री गर्ने गरेको खबरले जग्गा धनीहरु असुरक्षीत महसुस गदै श्रेस्ता चेकजॉच गराउनेको संख्यामा वृद्धि भएको छ ।

निवेदन वा जानकारी प्राप्त भए पछि अनुशन्धान गरी किर्ते गरी पारीत गराएको भेटिएमा मालपोत ऐन अनुसार तत्काल दर्ता वदर गर्ने गरेको प्रमुख मालपोत अधिकृत प्रकाश पोखरेल वताउनु हुदै दोस्रो चरणमा विभागीय अनुमति लिएर किर्ते गर्ने उपर कारवाही गरिने जानकारी दिनु भयो । जानाजान आफ्नो नोकरी दाउमा राखेर कर्मचारी ती किर्ते गर्ने माफिया संग नमिलने वरु उनीहरुले झुक्काएर काम गराउने भन्दै श्रेस्तालाई यस वर्ष देखी कम्प्युटर मार्फत रेकर्ड राख्ने पोखरेल बताउनु हुन्छ ।

भूमाफियाले गर्ने गरेको किर्ते कार्यलाई निरुत्साहित पार्दै जग्गा वदर गर्न थालेपछि भूमाफियाहरु मलपोतका केही कर्मचारी माथि अख्तियार लगायत केही कार्यालयहरुमा बेनामी उजुरी र केही पत्रपत्रिकामा कपोकलपीत सामाचारहरु प्रकाशन गराउन थालेको छ । किर्तेगर्ने भुमाफियाको चंगुलमा जग्गा लिनेवला नफसुन भन्दै मालपोत कार्यालय पर्साले विभिन्न संचारमाध्यम वाट जग्गा पारीत गर्दा र नामसारी गर्दा ध्यान दिनुपर्ने नियमहरु भन्दै प्रकासन प्रसारबाण गराउन थालेको छ ।