८ कार्तिक २०८३, आइतबार

बैतडीमा फेरि चितुवाको आक्रमण, एक बालिका घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitta_119045072– विनोदबाबु विष्ट

बैतडी, १२ साउन । बैतडीमा चितुवाको आक्रमणबाट फेरि एक बालिका गम्भिर घाईते भएकी छिन् ।

सोमबार साझ बैतडीको दक्षिण पश्चिम दुर्गम तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस वडा नं ७ रथडी गाउँका ज्ञान सिंह महताकी १५ वर्षीय छोरी कमला महता गम्भिर घाईते भएकी छिन् । बालिका सोमबार साझ साढे ६ बजेतिर घरनजिकै घास काटिरहेको बेला नरभंक्षी चितुवाले आक्रमण गरेर लगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवाले आक्रमण गर्ने वेला बालिका कराएपछी स्थानीय वासिन्दाले होहल्ला गर्दा बालिकालाई गम्भिर घाईते बनाई छोडेको स्थानीय विरेन्द्र महताले बताए । घाईते बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा रिफर गरिएको छ ।

उदयदेवमा यसअघि असार २८ गतेपनि ६ वर्षिया बालिका ललिता साउदलाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा बेलाबेलामा चितुवाले आक्रमण गर्दै आएको छ ।