८ कार्तिक २०८३, आइतबार

संरक्षणका लागि एक हजार वृक्षरोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । लोप हुँदै गएका जैविक विविधता युक्त जडीबुटी संरक्षण गर्ने उद्देश्यले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा विभिन्न जातका एक हजार वृक्षरोपण गरिएको छ ।

राष्ट्रिय सहिद तथा शान्ति स्मारकअन्तर्गतको जैविक विविधता, वन, वातावरण, शिक्षा, सूचना तथा अन्तर पार्क सञ्जाल कार्यान्वयन समितिको आयोजनामा सोमबार तुलसी, कुश, तीतेपाती, खरेटो, कपुर, बाबरी, हर्रो, बर्रो, अमला, पानी अमला, मसला र धूपी गरी एक हजार जैविक विविधता युक्त वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको सुरुवात गर्दै स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जैविक विविधता संरक्षणका लागि सरकारी एवम् गैर सरकारी क्षेत्रको सहकार्यमा छिट्टै कार्ययोजना ल्याउने तयारीमा रहेको बताउनु भयो ।

समिति संयोजक राजेश विष्टले स्मारक निर्माणस्थलमा वनमारा, तीतेपाती र पानी अमलाको संरक्षण क्षेत्र स्थापना गरिएको जानकारी गराउनुभयो ।

सरकारले निर्माण घोषणा गरेका पाँचवटा सहायक पार्कमा समेत जैविक विविधता युक्त वनस्पतिको संरक्षण क्षेत्र स्थापना गरी वृक्षरोपण गरिने भएको छ ।

आयुर्वेदिक औषधिका लागि समेत महत्वपूर्ण यी वनस्पतिले वातावरण सन्तुलनमा पनि भूमिका निर्वाह गर्ने समितिका सदस्य सचिव राजकुमार केसीले जानकारी दिनुभयो ।