८ कार्तिक २०८३, आइतबार

हत्याको पाँच दिनपछि मकैबारीमा महिलाको टाउको फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biswakarmaतुलसीपुर (दाङ), ११ साउन । गत बिहीबार घोराही नगरपालिका–४ चौघेरामा आफ्नी बहिनीका घरमा सुतिरहेका अवस्थामा हत्या गरिएकी देवकी विकको टाउको आज पाँच दिनपछि नजिकैको मकैबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।

हत्याको अभियोगमा सोही ठाउँका ३८ वर्षीय रमेश विकलाई खुकुरीसहित दाङ प्रहरीले आइतबार सतबरिया गाविसको कप्तानगन्जबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएपछि विश्वकर्माले घटनाबारेमा प्रहरीलाई दिएको बयानका आधारमा टाउको फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।