८ कार्तिक २०८३, आइतबार

धैर्य गर्नुस् हिन्दू धर्मको विजय हुन्छ : मन्त्री निधि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhiकाठमाडौं, ११ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले हिन्दूहरूको बाहुल्य रहेको नेपालमा हिन्दू राज्य स्थापना हुनुपर्ने बताउनुभएको छ ।

भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री निधिले भन्नुभयो, “तपाइँहरू धैर्य गर्नुस्, हिन्दू धर्मको विजय हुनेछ ।”

हिमाल, पहाड, तराई, मधेस सबै क्षेत्रका जनताको आस्था र चाहना हिन्दू धर्मप्रति रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “म हिन्दू हुँ, हिन्दू हुनुमा मलाई गर्व छ, त्यसैले हिन्दू धर्मको रक्षाका लागि मेरो पनि योगदान रहनेछ ।”

त्यस अवसरमा सभासद् रामेश्वर ढुङ्गेलले भक्तपुरको विकासमा सरकारले सहयोग गर्नुपर्ने औंल्याउँदै भक्तपुरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।