८ कार्तिक २०८३, आइतबार

मोटरसाइकलमा तीन जना चढ्दा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुर–चिसापानी सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा बर्दिया बाँसगढी नगरपालिका–५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको हो ।

तीन जना सवार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सोही स्थानका २४ वर्षीय गोपाल परियारको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस