८ कार्तिक २०८३, आइतबार

बालक बलि दिनेलाई मृत्युदण्ड दिन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joj:yflksf ;+;bsf] cfOtaf/sf] a}7sdf cfkmgf] dGtJo JoQm ub}{ ;ef;b . tl:a/ M /Tg >]i7, /f;; .
Joj:yflksf ;+;bsf] cfOtaf/sf] a}7sdf cfkmgf] dGtJo JoQm ub}{ ;ef;b . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ, ११ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले नवलपरासीमा यही साउन ५ गते १० वर्षीय बालकको हत्यामा संलग्न व्यक्तिहरु खुलेआम हिँडिरहेकाले उनीहरूमाथि अविलम्ब कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

स्थानीय प्रशासनले दोषीलाई कारबाही नगरेको र दोषीहरू उम्कने अवस्था आएको भन्दै उहाँहरूले कानुन कार्यान्वयन गर्ने निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका सांसद देवकरणप्रसाद कलवारले मारिएका बालकका अभिभावकलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्दै मानवताविरुद्धको जघन्य अपराध गर्न उक्साउनेलाई कानुनको कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का आनन्दप्रसाद पोखरेलले भूकम्पबाट अति प्रभावित दोलखा जिल्ला जोड्ने चरङ्गेको ‘बेलिब्रिज’ बाढीले बगाएकाले काठमाडौँसँगको सम्पर्क टुटेको भन्दै उक्त स्थानमा तत्काल पुलको व्यवस्था गर्न माग गर्नुभयो ।

भूकम्पपीडितलाई तत्काल राहतको थप व्यवस्था हुनुपर्ने माग गर्दै राष्ट्रिय योजना आयोगको भूमिका अपारदर्शी भएकामा आपत्ति जनाउनुभयो ।

सांसद मोहन टुडुले झापाको विभिन्न स्थानबाट सीमास्तम्भ भारतीय पक्षबाट सारिएकामा विरोध गर्दै त्यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले जुम्लास्थित सरकारी कार्यालयका कर्मचारी कार्यालयमा नबस्दा सेवाग्राहीले सास्ती झेल्नुपरेको गुनासो गर्नुभयो ।

एनेकपा (माओवादी)का रामनारायण बिडारीले विनियोजन विधेयकमाथिको छलफल आजसम्म सदनमा प्रारम्भ नगरिएकामा आपत्ति जनाउनुभयो ।

त्यसपछि बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘बोक्सीसम्बन्धी (कसूर र सजाय) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ पेस गर्नुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन १२ गते मङ्गलबार अपराह्न १५ बजे बस्नेछ । रासस