‘साउनमा हातमा हरियो चुरा नी लाएन भने ‘पोई’को माया रैनछ भन्छन्, उता ‘पोई’को ताल भने तेरो त अर्कै रैछ भनेर रातभरी पिटेर झण्डै मारो’अनी उनले आफ्नो शरीरको लुगा अलिकति सारेर निलडाम देखाईन् । पाखुरामा कही दाँतले टोकेको जस्तो पनी देखिन्थ्यो । छ्या यस्तो लोग्नेसंग कसरी जिन्दगी बिताउने होला ? यती भन्दाखेरी मैले उनलाई सरर नियाल्न भ्याए, हातभरी हरियो चुरा अनि घाटीमा तेई अनुसारको पोते, एक पूर्ण विबाहिता नारी जसले देखेपनी चिन्छ उनी पतिब्रता नै हुन् भनेर । तेस्तो मुला लोग्नेका लागिपनी कोई श्रृङ्गारिएर बस्छ ? मैले प्याच्च भनिहाले । आ के गर्नु लाउनु त परिहाल्यो जे भएनी ‘पोई’ हो, मैले यो मुला हरियो चुरा लाउँदैमा उसको आयु बढ्छ भने । उनले नाक खुम्चाएरै पेट छामिन यहाँ पनी असतिले हानेको दुःखीराछ । धन्न नारीको श्रृष्टी नी गरेछन् विधाताले प्रेम र घृणा एकैपटक कसरी अटाउँछ होला यिनको छातीमा ।
बास्तवमा साउनमा हरियो बस्त्र धारण गर्नुको प्रतिकात्मक कारण पनी छ । असारमा रोपाई सकेर अहिले धान गाजिने बेला हो, फुर्सदको समयमा माया पनि गाजिन्छ सायद त्यसैले बारी पनी हरियो मन पनी हरियो बनाएको होला । तर, अचेल त माया कहाँ-कहाँ भए मन चाँही अमिलो पारी हरियो लाउने जुग आईसक्यो ।
गाउँसहर हरियै देखिन्छन् अचेल साउन महिना पो लागेको छ । हर नारीका हातमा हरिया पहेला चुरा चाहे ती कुनै क्रान्तिकारी भनिने महिला हुन् अथवा कुनै सामान्य गृहिणी सबका हात हरिया । झन् यो पटक त ५ वटा सोमबार परेको महिना झन नलाउनेले पनी लाए ब्रत जो बस्नु छ । ५ वटा सोमबार पर्नु त साक्षात शिवजी प्रकट हुनु जस्तै हुन्छ हिन्दु धर्म मान्ने नेपाली नारीलाई । ब्रतविधी जेसुकै होस, धर्म जेसुकै होस साउनमा व्रत बस्नु र हरियो लगाउनु फेसन भैसक्यो । एक जना महिला मित्र छिन् जुकरवर्ग क्याफेमा(अश्विनी कोइएरालाको जुकरवर्ग क्याफे पढेपछी म पनी यसलाई जुकरवर्ग क्याफे भन्न मन पराउँछु), आफूलाई क्रिश्चियन हुँ भनेर भन्छीन् कहीलेकाँही च्याटमा भेट हुँदा, हरियै भएर फोटो सुट गर्छिन् । मैले पनी मन थाम्न नसकेर सोधीहाले क्रिश्चियन भएर पनी हरियो पोज ? हाम्रो मन हिन्दुहरुको जस्तो साँघुरो छैन क्यारे, तिमीहरु पो धर्म धर्म भनेर रुवाबासी गरिराछौं हाम्लाई त्यस्तो लाग्दैन क्यारे सबलाई हो रेस्पेक्ट दिने मन परे अपनाउने नपरे आफ्नै धर्म नि परिमार्जन गरिन्छ ।’ उनले यती त भनिन् कमसेकम राम्रा लागेका अपनाउँदैमा अर्को धर्मको भइन्न रैछ । बास्तबमा साउनमा हरियो बस्त्र धारण गर्नुको प्रतिकात्मक कारण पनी छ । असारमा रोपाई सकेर अहिले धान गाजीने बेला हो फुर्सदको समयमा माया पनि गाजिन्छ सायद त्यसैले बारी पनी हरियो मन पनी हरियो बनाएको होला । तर अचेल त माया कहाँ कहाँ भए मन चाँही अमिलो पारी हरियो लाउने जुग आईसक्यो ।
मनै त हो मलाई यसको बैज्ञानिक कारण नजानी हरियो लाउनुको तुक लागेन् । फेरि उही जुकरवर्ग क्याफेमा अल्मलिए जहाँ मेरा एकजना आदरणीय ज्योतिष मित्र हुनुहुन्छ उहाँसंग पक्कै पनी धार्मिक समस्याको हल हुन्छ मैले यो बारे प्रश्न गर्दा उहाँले यसरी अर्थाइदिनु भो ‘श्रावण महिनामा सुर्य कर्कट राशीमा प्रवेश गरेर भूमध्य रेखाबाट दक्षिण दिशामा जाने र कर्कट राशी चन्द्रमामा भएको बेला मानिसको मनको कारण र सूर्य आत्माको कारण भएकोले जब आत्मा र मन एउटै हुन्छ तब मानिसमा एकाग्रता आउँछ त्यसैले श्रावणमा बसेको व्रत फलिफाप हुन्छ । अर्कोतिर चन्द्रमा र सूर्य दूबै शिवजीको शिरमा बस्ने भएकाले शिबजीको ध्यान गर्नु भनिएको छ ।’ त्यसो भए त लोग्ने मान्छेले पनी यो व्रत बस्दा त केही बिग्रदो रहेन छ । किन सधै लोग्नेको आयु बढाउन स्वास्नीमान्छेहरु भोकै बसेका होलान ? हिन्दु धर्म की हिन्दु धर्म भनेर नारा लाउनेहरु कमसेकम आन्दोलन स्वरुप एउटा सोमबारे व्रत बस्दीदा सुन्थे की शिवजीले अनी भक्तहरुलाई हिन्दु अधिराज्य नेपाल बरदान प्राप्त हुन्थ्योकी ।
अर्कोतिर हरियो लाउने कुरा चाँही महिलाहरु प्रकृतिको नजिक भएर हो । तर यहाँ त प्रकृतिसँग डराउनेहरु पनी हरियै भएका देख्दा चाँही गजबै लागेको छ । रोपाई भन्ने बितिकै हिलो सम्झीएर नाक खुम्चाउनेहरु पनी हरियै । गाउँका खेत नै नदेखेका अनी धानको ‘रुख’ नै देखेको छैन भनी टोपल्नेहरुका हात पनी हरियै । मेहन्दीको बोट हुन्छ र ? भन्ने पनी बुट्टेदार हात लिएर हिँडिरहेका छन् । यस्तो लाग्छ श्रावण त मात्र महिलाकै हो चाहे रातभरी रोएर रात बिताएकी महिला होस् चाहे रातभरी पतिका प्रेमले ओतपोत भएकी महिला होस् उज्यालोमा हरियो हुनैपर्ने ।
सबैका हात हरिया भएको बेला एकजना महिला भने सामान्य नै थिइन कागको बथानमा बकुल्लो झैं, किन साउन आएन हजुरलाई, सोध्दैमा के जान्छ र मेरो सोधिदिए । ‘को लाई लाओस उनीहरुले नलाउँदा चाँही भएकै छ हामीले नलाई नसहने हो र भन्या आफू चाँही लसुन प्याजनी बारेर बस्यो उ चाँही रक्सी धोकेर आउँछ । लोग्ने मान्छेले नी हाम्रा लागि एउटा व्रत बसुन न, कुनै रंगको लुगा लगाउन हाम्रा लागि भनेर भएको छ त्यस्तो कहिल्यै । हामी ‘आईमाई’ नै होके तीनलाई टाउकोमा चढाउने, अब टाउकै टेकेपछी गोडा त लागिहाल्छ । आफू त टाउकामा पनी नचढाउने गोडा पनी लाउन नदिने । जे सुकै सोचोस मलाई बाल ।’ जे होस मनकै कुरा गरिन ।
हुन त अरुले लाको जस्तो हरियो चुरा र मेहन्दी लाउदा आफूलाई पनी रमाइलो नै हुन्छ सबैलाई । मन्दिर जादा व्रत बस्दा श्रीमानको लागि निराहार बस्दा उनलाई पनी श्रीमतीको त्याग र समपर्णको महशुस हुन्छ त्यसैले साउन महिनाले सम्बन्धमा नयाँपन पनी ल्याउँछ किनकी हाम्रो मन नै नेपाली हो जहाँ जे भएपनी तर हामी त्यसैमा बाध्य भएर लाग्छौ मानौ यो अरुका लागि गर्देछौं । हाम्रो देशमा कमाउने श्रीमान् र घरमा बस्ने श्रीमती होला संस्कारमा परिवर्तन नआएको महिलाहरु पनी बिस्तारै कमाउ हुँदै जाँदा संस्कारकै लागि समर्पित हुँदैनन होला । साउनको परिभाषा पनी फेरिन्छ होला ।














प्रतिक्रिया