मकवानपुर, ११ साउन । मकवानपुरमा एक बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हेटौडा उपमहानगरपालिका-२३ बस्ने ५० बर्षीय बिजय कुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पटेलले आइतबार आफू काम गर्न बसेको घरको ५ बर्षीया बालिकालाई कोठामा टिभी हेर्न बोलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई बालिकालाई आफन्तको जिम्मा लगाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया