८ कार्तिक २०८३, आइतबार

गाडि तोडफोड गर्ने विप्लवका कार्यकर्तालाई सार्वजनिक मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplop– डम्मर राज भट्ट
महेन्द्रनगर ११ साउन । बन्दका बेला सवारी तोडफोड गरी पक्राउ परेका तीन बन्दकर्तामाथि सार्वजनिक मुद्दा लगाइएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लिपुलेक सम्झौता खारेजीको माग राख्दै साउन ८ गते आयोजना गरेको नेपाल बन्दका क्र्ममा सार्वजनिक सवारी साधन तोडफोड गरेको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेका तिन जना माओवादी कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाउने तयारी गरेको हो ।

कञ्चनपुर प्रहरीले बन्दका बेला महेन्द्रनगरमा एक टेम्पु तोडफोड गरेको भन्दै विप्लप माओवादी जिल्ला सदस्य राजेन्द्र विष्ट, विक्रम भण्डारी र मदन भट्टलाई सार्वजनिक मुद्दा लगाउने तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले सार्वजनिक स्थलमा अर्काको सम्पत्ति तोडफोड गरेको भन्दै उनीहरुमाथि सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको बताउनुभयो । लिपुलेकको बारेमा बोलेको भन्दा पनि सार्वजनिक स्थलमा नागरिकहरुको सम्पत्ति तोडफोड गरेको भन्दै कार्बाहीका लागि मुद्दा चलाएको उहाँको भनाई छ ।