२९ आश्विन २०८३, बिहिबार

साउन महिनाको महत्व र विशेषता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-thapaहरेक वर्ष झै यो वर्ष पनि साउन महिना आयो । यतिबेला सबैको मानसपटलमा हरियो चुरा, रातो टिका, पोते लगाउने प्रचलन बढेको छ । परापूर्व कालदेखि नै साउने सोमबारका दिन व्रत बस्ने, चोखो खाने केही समय यता आएर साउन भरि हरियो, पहेला तथा राता रंगका पहिरन, चुरा पोते नेल पोलिस मेहेन्दी आदि लगाउने चलन बढैको छ । केही वर्ष यता हरियो लगाउनु, साउन महिनाको फेसन नै बनिसकेको छ ।अहिले अविवाहित युवतीहरु पनि हरियो रंगमा सजिएका देख्न पाइन्छ । विशेष गरेर साउन महिनामा महिलाहरु विशेष नै देखिएको पाइन्छ । यो महिना धार्मिक, सांस्कृतिक, एवम् प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

पौराणिक मान्यता अनुसार साउन महिनामा पार्वतीले व्रत बसेर भगवान शिव प्राप्त गरेकी हुनाले यो महिना विशेष रुपमा मानिएको पाइन्छ । त्यसैले अविवाहित एवं विवाहित सबैले साउन महिनामा व्रत बसी पूजा गर्ने गर्दछन् ।

पौराणिक मान्यता अनुसार साउन महिनामा भगवान शिवजीको पुजा गरिने भएकाले यो महिनालाई शिवजीको महिनाको रुपमा पनि लिने गरिन्छ । पार्वतीले साउन महिनामा व्रत बसेर भगवान शिव प्राप्त गरेकी हुनाले यो महिना विशेष रुपमा मानिएको पाइन्छ । त्यसैले अविवाहित एवम् विवहित सबैले साउन महिनामा व्रत बसी पुजा आज गर्ने गर्दछन् । विवाहितहरु आफनो सौभाग्यका लागि र सन्तान भएकाहरु उनीहको दीघार्युको लागि तथा अविवाहितहरु असल श्रीमानको अपेक्षा गदै संस्कृति जर्गेनाका लागि व्रत बस्ने एउटा धार्मिक विश्वास रहेको छ । त्यसैले साउन महिनाको सोमबार हरेक शिव मन्दिरमा भीड लाग्ने गर्दछ ।

परापुर्व कालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने चलन थियो । अहिले आएर आधुनिकता र समयको मागसंगै साउन महिला भर हरियो पहेलो रातो रंगको चुरा पोते नेल पोलिस मेहेन्दी लगाउने पुजा आज गर्ने प्रचलन बढेको छ । साउन महिनामा चारैतिरको वातावरण एवम् बोटविरुवा पनि हरिया हुने भएकाले हरियो भएर हिँड्न रुचाउने अधिकांश महिलाहरुको धारण छ । साउन महिनालाई पछिल्लो समयमा समयको माग अनि अलिकति आधुनिकतामा पनि बदलिएको पाइन्छ ।

साउन महिना आउन साथ बजारमा पनि विभिन्न थरीका सामग्री भित्रिएको पाइन्छ । पहिलेका बुढापाकाले त्यही साउन महिनालाई मनाउने तरिका र अहिलेका नयाँ पिढी युवतीले मनाउने साउन पर्वमा विकृति देखा परेको पाइन्छ । हामीले संस्कृतिलाई जर्गेना गर्नुपर्छ त विकृति भित्राएर होइन् जे छ त्यसमा सन्तुष्ट रहन सिक्नुपर्छ । तब मात्र यो पर्वको महत्व रहन्छ ।

समय परिस्थितिसंगै अतिकति संस्कृतिमा पनि परिर्वतन आएको पाइन्छ । अधिकांश महिला दिदीबहिनी आमाहरुले पनि पानी नखाई ब्रत बस्ने चलन छ । तर वैज्ञानिक दृष्टिकोणले ब्रत बस्नु केही हदसम्म राम्रो छ । तर त्यही पानी नै नपिई ब्रत बस्नाले शारीरिक, र मानसिक पीडा खेप्नुपर्ने थुप्रै उदारण पाउन सकिन्छ । हरेक पर्वको आफ्नै महत्व हुने गर्दछ ।

तर पनि संस्कृति जर्गेना गर्नका लागि आफनो शरीरले नसकी नसकी व्रत बस्नु कदापि राम्रो होइन्, यदि तपाई शारीरिक र मानसिक रुपमा सबल हुनु हुन्छ भने व्रत बस्न उचित देखिन्छ । साउन महिनामा व्रत बस्नु, हरिया पहेला, चुरा लगाउनु मेहन्दी लगाउने एउटा परम्परा मात्र हो । यसले महिलाहरुमा आपसी सद्भाव बढेको देख्न सकिन्छ । यो दाम्पत्य जीवनको सुरु खुसी र दीर्घायुका लागी गरिने व्रत हो ।