२९ आश्विन २०८३, बिहिबार

साउन महिनाः रातो मेहेन्दी र हरियो चुराको महत्व

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stri-sibaसाउन महिना शिवजीको महिना पनि मानिन्छ । साउन महिना लागेपछि प्राय हिन्दु नेपाली महिला हरियो, पहेलो चुरी मेहेन्दीले सजिएको देख्रिन्छ । साउन महिनामा शिवजीलाई हरियो र पहेलो रङ्ग मन पर्छ भन्ने विश्वास रहिआएको छ । हरियो चुरी मेहेन्दी लगाएर ब्रत बस्ने र शिवालय मन्दिहरुमा जाने युवतीहरु बढ्दै गएको पाइन्छ । अझ पछिल्लो समय त पुरुषहरु पनि पहेलो वस्त्र पहिरिने र शिवालय मन्दिरमा जाने पुरुषको संख्या पनि बढ्दै गइरहेको पाइन्छ ।

साउन महिनामा हरियो चुरी अनि पहेलो वस्त्र लगाएर ब्रत बस्नाले आफूले भनेजस्तो पति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको छ । पहिले पहिले शहरमा मात्र मेहेन्दी लगाउने त्यसमा पनि अलि फुर्सदिला युवतीहरुले मेहेन्दी लगाउने गरेको पाइन्थ्यो भने आजभोली त शहरमा मात्र केन्द्रित नभई गाउँघर अनि दिनभर व्यस्थ हुने महिलाहरुले पनि मेहेन्दी, चुरी लगाउने पहेलो वस्त्र पहिरिने गरेको पाइन्छ । हुन त सुन्दर बन्नत जो कोहीलाई पनि मनपर्छ त्यसै कारण पनि दिनभर व्यस्त महिलाहरु पनि हरियो, पहेलो बस्त्र अनि चुरा, मेहेन्दीमा सजिएर ब्रत बस्ने र पुजाआजा लागि शिवजीको मन्दिर जाने नेपाली नारीको संख्या ह्वात्तै बढेको पाइन्छ ।

पानीसम्म नखाई ब्रत बस्दा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले भनेजस्तो पति पाइन्छ भन्ने धार्मिक आस्था भने मानसिकताबाट हटाउनुपर्छ । जब कि कुनै पुरुष महिलाका लागि भनेर ब्रत बस्ने प्रचलन छैन भने हामी नारी साउन महिनाको सोमबार पानीसम्म नखाई आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ब्रत बस्ने संस्कारको अन्त्य हुनुपर्छ । 

साउन महिना लागेसगै फेमिना ब्युटीपार्लर बुटवल ६, लक्ष्मीनगरकी अम्बिका लम्साललाई भने भ्याइनभ्याई छ । बिहानदेखि बेलुकासम्म उनलाई फुर्सद हुँदैन । पहिले पहिलेका बर्षहरुमा साउन महिना लागेपछि मात्र मेहेन्दी लगाउन आउने गर्थे । पछिल्ला बर्षहरुमा त साउन लाग्नुभन्दा एक दुई दिन अघि नै आफ्ना हात चुरी र मेहेन्दीले सजाइसकेका हुन्छन् ।

उनी भन्छिन्– मसगँ १० बर्षको ब्युटीसियनको अनुभव छ । पहिले मेहेन्दी लगाउन एकदमै कम र विवाहितले मात्र मेहेन्दी लगाउने चलन थियो । तर पछिल्लो समय विवाहित सगै स्कुल कलेज जागिरे सबै आउने गरेका छन् । त्यसैले चुरी मेहेन्दीको व्यापारमा वृद्घि भएको छ ।

संचारकर्मी तथा समाचार वाचिका बिन्दु थापाले आफ्ना दुवै हात मेहेन्दी र हरिया चुरीले सजाएकी छिन् । सानैदेखि नै मेहेन्दी लगाउदै आएकोले र आफ्नो परम्परालाई संरक्षण गर्ने दृष्टिले मेहेन्दी लगाउने गरेको उनी बताउछिन् । बिन्दु थापाले जस्तै धेरै नारीहरुले आफ्नो संस्कुतिलाई जोगाइ राख्न मेहेन्दी र चुरी लगाउने गरेको र साउन शिवजीको महिना शिवजीलाई हरियो, पहेलो रगं मनपर्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको आम नारीको भनाई रहेको छ ।

आम नारीहरु साउन महिनामा शुद्व खाने, सोमबार शिवजीको ब्रत बस्ने, हरियो, पहेलो चुरी बस्त्र लगाउने पानीसम्म नखाई शिवजीको पुजा आराधना गर्ने प्रचलन कायम नै छ । संस्कृति संरक्षण गर्ने दृष्टिले साउन महिनाको सोमबार ब्रत बस्नु त राम्रै कुरा हो । तर पानीसम्म नखाई ब्रत बस्दा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले भनेजस्तो पति पाइन्छ भन्ने धार्मिक आस्था भने मानसिकताबाट हटाउनुपर्छ । जब कि कुनै पुरुष महिलाका लागि भनेर ब्रत बस्ने प्रचलन छैन भने हामी नारी साउन महिनाको सोमबार पानीसम्म नखाई आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ब्रत बस्ने संस्कारको अन्त्य हुनुपर्छ ।