८ कार्तिक २०८३, आइतबार

पहिरोमा पुरिएर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-Districtगोरखाबजार, ११ साउन । गाउँमाथिको पहाडको ढिस्को खसेर पुरिंदा उत्तरी गोरखाको उहिया गाविस– ९ का थल्सी गुरुङको मृत्यु भएको छ ।

आइतबार घरबाट गोठ जाने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । गाई गोठमा जाँदै गर्दा नरवा भिरबाट झरेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीयवासी जसमाया गुरुङले जानकारी दिनुभयो ।

गाउँलेले पहिरोभित्र च्यापिएका गुरुङको शव निकालेका थिए । गुरुङको शव पहिराबाट झिकेर आज अन्त्यष्ठि गरिएको जसमायाले बताउनुभयो ।

भूकम्पपछि चिराचिरा भएको जमिन बर्षात्पछि पहिरो झर्दा उत्तरी भेगका गोरेटो, घोरेटो बाटो पनि अबरुद्ध भएका छन् । रासस