काठमाडौँ, १० साउन । नेपाली सेनाको रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बलदेवराज महतलाई आज जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति गौरवशम्शेर जबराले रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएपछि बलाध्यक्षको कार्यालयमा पदस्थापन गरिएको छ ।
त्यसैगरी प्रधानसेनापति राणाबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका कलेज अफ कम्ब्याटका सहायक रथी प्रल्हाद थापालाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभई सहायक बलाध्यक्षमा पदस्थापन गरिएको छ ।
सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी रघु भण्डारी, महासेनानी ज्योतिन्द्रबहादुर खत्री, महासेनानी रामशरण कार्की, महासेनानी नरेशचन्द्र भट्ट र प्राडा महासेनानी रमेश विष्टलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
हाल बलाध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएका रथी राजेन्द्र क्षेत्रीलाई बलाधिकृतको जिम्मेवारी सम्हाल्ने गरी बलाधिकृतको कार्यालयमा नियुक्ति गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसैबीच, प्रधानसेनापति राणले नवनिर्मित जङ्गीअड्डा सिग्नल केन्द्र तथा ‘भिस्याट नेटवर्क हब स्टेशन’ भवनको आज उद्घाटन गर्नुभएको छ ।















प्रतिक्रिया