– अनिल खत्री
गुल्मी, १० साउन । गत शुक्रवार विहान गुल्मीको पिपलधारामा रुखको टुप्पोमा भतिजी झुण्डीएको अवस्थामा र काका त्यसको भेदमा मृत फेला परेको घटना आत्मा हत्या नभई हत्या भएको प्रहरीद्धारा प्रकाशित घटना विवरणमा पुष्टी भएको छ ।
पिपलधारा–८ नादीगाउँमा काका पर्ने ३८ वर्षिय वेलबहादुर मुखिया र १८ वर्षिया भतिजी सिता मुखियालाई मार्ने मुख्य अभिुक्त मृतक वेलबहादुरकै ४४ वर्षिय दाजु नारायण मुखिया भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पुष्टी गरेको हो । साउन ८ गते राति १२ बजे देखि १ वजेको बीचमा अभिुक्त नारायण मुखिया, सोही गाउँको २१ वर्षिय बाशुदेव जिसी र पिपलधारा ५ का विष्णुबहादुर मुखियाले घरको दलानमा सुतिरहेका भाई वेलबहादुर मुखियालाई चिरुवा दाउरोले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेकी सीता मुखियाको पनि तीनै जनाले मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको रुखमा लगेर उनकै चुन्नीले झुण्डाएको र बेलबहादुरको शव पनि त्यही रुख तल लगेर फालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अघिल्लो दिन एक वजेको समयमा मृतक काका वेलबहादुरकै घरमा बसेर सीता र वेलबहादुरले चाउचाउसंगै मादक पदार्थ सेवन गरे । त्यसपछि वेलबहादुर माथी पिपलधारा बजारतिर लागे । सीता आफ्नो माईतीमा गईन् । त्यसै दिन साँझ करिव ६ बजेतिर वेलबहादुरकी आमासंग पैचो लिएको चामल बुझाउन भन्दै सीता आईन र फर्किइन् । साँझको ६ बजेर ५ मिनेटको समयमा बेलबहादुरमाथि बजारबाट घर आए ।
अँध्यारो भएपछि सीता पुनः बेलहादुरको घरमा आईन र घटना घटेको समय सम्मसंगै रहिन् । राति करिब ११ वजेको समयमा आएकी सिताले वेलबहादुरकी आमा मुगा मुखियालाई ढोका खोल्न लगाई भित्र पसिन् । आमाले गालि गर्दै कोठामा गएर सुत्न भन्दै आफू आफ्नो कोठामा गईन् । कोठामा गएपछि अभियुक्त नारायण मुखियाले ठूलो स्वरमा क्यासेट बजाउन सुरु गरे । रातको समयमा ठूलो स्वरमा क्यासेट बजाएपछि अरु गाउँवासीले घटना नसुनुन् भन्ने अभिप्राय राखेको प्रहरीले उल्लेख गरेको छ । नारायण मुखिया धान रोप्न भनि असार २९ गते तम्घासबाट घर गएका थिए ।
वेलबहादुर पनि असार ३१ गते धान रोप्न भन्दै तम्घासबाट घर गएका थिए । साउने सक्रान्तीको दिन दाजु भाईसंगै बसेर चाड माने । त्यसदिन समुहको बैठकमा भाई वेलबहादुरले दाजु नारायणले कृषि समुहको रकम हिनामिना गरेको कुरा उठाए । त्यसपछि उनीहरुबीच झगडा सुरु भयो । दाजु भाईबीच अन्य विवाद पनि थियो । अभिुक्तहरु तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया