८ कार्तिक २०८३, आइतबार

ब्रेक फेल भएर जीप दुर्घटना हुँदा महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Geep-accidentकाठमाडौ, १० साउन । ब्रेक फेल भएर जीप दुर्घटना हुँदा रोल्पामा एक महिलाको मृत्यु भएको छ ।

रोल्पा वडाचौर-२ घले ओडार स्थित कच्ची मोटर माटोमा लु.१ ज १८१७ नम्वरको जीप आइतबार ब्रेक फेल भएर दुर्घटना हुँदा सिर्प–९ कुन्चरी बस्ने २६ बर्षीया ईश्वरी बानियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सुलिचौर स्थित अनमोल मेडिकल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना समेत सामान्य घाइते भएका थिए । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ललितपुर पुल्चोक स्थित सुजुकी मोडमा बा.१ ख ३०५० नम्वरको बसले बा.५९ प ९५९ नम्वरको स्कुटीलाई आइतबार ठक्कर दिदाँ चालक कुपण्डोल बस्ने काठमाडौँ महानगरपालिका–१६ कालधारा घर भएका १८ बर्षीय ईभान अमात्य गम्भीर घाइते भएकोले अल्का अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।