३० आश्विन २०८३, शुक्रबार

दाङ देउखुरी समाज यूएर्इको क्षेत्र बिस्तार, रसअल खेइमा क्षेत्रीय समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Logo_Dang-01-2यूएई । दाङ देउखुरी समाजले यूएईको रसअल खेईमा संगठन विस्तार गरेको छ ।

प्रवासी भूमी यूएईमा पुगेका दाङ जिल्लाबासीलाई भाईचाराको शुत्रमा एकताबद्ध गरि प्रदेशमा आइपर्ने सबैखाले समस्याहरुसंग सहकार्य गरेर जुध्न ‘सुरक्षित प्रवास, सम्बृद्द समाज निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ यूएईमा स्थापित दाङ देउखुरी समाजले क्षेत्र बिस्तार गर्दै रस अल खेइमामा क्षेत्रीय समिति गठन गरेको हो ।

जुलाई २४ तारिक शुक्रबारका दिन रस अल खेइमामा दाङ देउखुरी समाज यू।एर्इका केन्द्रिय अध्यक्ष शान्त गिरीको प्रमुख आतिथ्यता र संस्थाका केन्द्रिय कोषाध्यक्ष किशोर चौधरीको सभापतित्वमा भएको बृहत भेलाले याम प्रसाद पौडेलको अध्यक्षतामा १७ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ ।

जसको उपाध्यक्षहरुमा रुद्रवीर खत्री र ज्ञानेन्द्र डांगी त्यस्तै सचिवमा अमरसिंह खत्री, सहसचिव लाल बहादुर केसी, कोषाध्यक्षमा बम बहादुर वली, सह–कोषाध्यक्ष कृष्ण भुषाल, सदस्यहरुमा टेक बहादुर वली, कमल पाण्डे, भरत वली, सल्लाहकारहरुमा भीम बहादुर खत्री, भक्त बहादुर वली, निमबहादुर छन्त्याल त्यस्तै बैकल्पिक सदस्यहरुमा पोष्ट बहादुर खत्री, बेगम बहादुर खत्री, मोतीराम पुन र दल बहादुर खत्री रहनु भएको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष शान्त गिरीले संस्थाको बारेमा जानकारी गराउनु हुँदै यो अभियानमा सहभागी हुन सबै जिल्लाबासी हरुलाई आग्रह गर्दै नव गठित समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

त्यस्तै केन्द्रिय कोषाध्यक्ष किशोर चौधरीले सबै जिल्लाबासीहरु एक भइ अगाडि बढेमा आइपर्ने सबैखाले समस्याहरु संग जुध्न साथै यतै रहेर पनि जिल्लाको लागि केही योगदान गर्न सकिने भएकाले संगठित हुन आवश्यक रहेको बताउनुभयो भने नवगठित क्षेत्रीय समितिका अध्यक्ष याम प्रसाद पौडेलले आफूले यो क्षेत्रमा रहेका सबै जिल्लाबासीलाई समेटी सबैसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।