२९ आश्विन २०८३, बिहिबार

अक्टोबर १ मा विश्व कफी दिवस मनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

coffeबोगोटा । विश्वका विभिन्न ७४ देशका कफिसम्बन्धी संघ संगठनहरुले अक्टोबर १ लाई विश्व कफि दिवसका रुपमा मनाउने निर्णय गरेका छन् ।

इन्टरनेसनल कफी अर्गनाइजेसन (आइसिओ)को आयोजनामा गतवर्ष भएको एक सम्मेलन सम्मेलनका क्रममा उक्त दिनलाई विश्व कफी दिवसका रुपमा मनाइने प्रस्ताव भएको हो ।

कोलम्बियन कपीm ग्रोअर्स् फेडरेशनले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार विश्वमा कफिको प्रवद्र्धन र विकासका लागि यो निर्णय गरिएको हो ।

विश्वमा कफीको विविधिकरणकासाथ विकास गर्न, कफीको गुणस्तरको विकासका साथै यसका पारखीहरुमाझ कफीलाई स्थापित गर्ने उद्देश्यले यो दिवसको निर्णय गरिएको बताइएको छ ।

उक्त विज्ञप्तिमा दिइएको जानकारीअनुसार कफीको उत्पादन र निर्यात गरिरहेका विश्वका कयौँ देशका किसानको जिवनस्तरमा सुधार र सहयोगका साथै यसमा लगानी बढाउने काममा सहयोग पु¥याउन यसको प्रस्ताव गरिएको हो ।

कफीका पारखीहरलाई यस कफीको विकासमा थप आकर्षित गर्न तथा त्यस कफी दिवसमा सहभागी गराउने प्रयोजनका लागि विश्वमा नै आगामी अगष्ट महिनाभर विश्वमा व्यापक मात्रामा सञ्चार अभियान चलाइने पनि सो विज्ञप्तिमा जनाइएको छ ।

विश्वका कयौँ देशले आ आफ्नै देशमा अलग अलग मितिमा कफी दिवस मनाउने गरेका छन् । यी मितिका फरक दिवसलाई पनि एकीकृत गर्न यो विश्व दिवसकै कार्यक्रम ल्याइएको हो ।

सन् २०१४ को मार्च महिनामा भएको इन्टरनेसनल कफी अर्गनाइजेसनको सम्मेलनले पनि अक्टोबर १ लाई विश्व कफी दिवसका रुपमा मनाउने प्रस्ताव गरेको थियो । रासस/सिन्ह्वा