३० आश्विन २०८३, शुक्रबार

बस नदीमा खस्दा ९ को मृत्यु ३२ जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busश्रीनगर, ८ साउन । भारतको हिमाञ्चल प्रदेशमा एक बस नदीमा खस्दा त्यसमा रहेका नौ जना यात्रुको मृत्यु भएको छ ।

साथै सो बसका अरु ३२ जना यात्रु नदीमा बेपत्ता भएका छन् । ती यात्रुहरु उक्त दुर्घटनास्थलबाट बगेको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार बिहीबार साँझ सो बस नदीमा खसेको थियो । त्यस दुर्घटनामा परी २३ जना यात्रु पनि घाइते भएका छन् ।

उक्त दुर्घटना उत्तरी भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा भएको हो । बिहीबार साँझ सो दुर्घटना भएको भएपनि अहिलेसम्म ती यात्रु भेटिएका छैनन् ।

कुल्लु जिल्लाका प्रहरी अधिकारी राकेश कनवारले सो दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव भेटाइएको जानकारी दिए । उनका अनुसार त्यसमा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ ।

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको भएपनि सो क्षेत्रको बाटो नै बिकट रहेकोले पहाडी इलाकामा यसरी दुर्घटना हुने गरेको पाइएको छ । रासस/एएफपी