२९ आश्विन २०८३, बिहिबार

विदेशबाट गाडि ल्याउँदा लाग्ने भन्सार राजस्व घट्यो, आजदेखि पाँच प्रतिशत मात्रै लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busकाठमाडौं, ८ साउन । सरकारले बाह्य मुलुकबाट गाडि खरिद गरेर नेपाल ल्याउँदा लाग्ने भन्सार राजस्व शुल्क घटाएको छ ।

अब बाह्य मुलुकबाट सवारी खरिद गरेर ल्याउँदा मात्र पाँच प्रतिशत भन्सार लाग्ने छ । अर्थमन्त्री रामशरण महतले यो वर्षको बजेटमा सवारी भन्सार घटाएको उल्लेख गरेका थिए । जून आजबाट लागू भएको छ ।

आजदेखि भारत तथा अन्य मुलुकबाट सवारी खरिद गरेर ल्याउँदा पाँच प्रतिशत भन्सार राजस्व लाग्ने भएको हो । यसअघि बाह्य देशबाट सवारी खरिद गरि ल्याउँदा खरिद मुल्यको दोब्बर राजस्व लिईन्थ्यो ।

अर्थमन्त्री रामशरण महतले असार २९ गतेको संसदमा प्रस्तुत गरेको बजेटमा सर्वाजनिक सवारीका साधनको हकमा भन्सार पाँच प्रतिशत मात्रै लिने र राजमार्ग शूल्क पनि नलिने बताएका थिए ।

सार्वजनिक यातायात सञ्चालन गर्नेगरी दर्ता भएका सहकारी तथा कम्पनीले आयात गर्ने ४० र सो भन्दा बढी सिट क्षमता भएका सवारी साधनको आयातमा पाँच प्रतिशत मात्र भन्सार महसुल लिई अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने व्यवस्था मिलाएको हो ।

bhansar