२९ आश्विन २०८३, बिहिबार

मेडिकल कलेजमा अध्ययन गर्नेको भर्ना विश्वविद्यालयमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Medical-Councilकाठमाडौं, ८ साउन । मेडिकल शिक्षा अध्ययनका लागि सम्बन्धित कलेजमा पुगेर भर्ना हुने प्रक्रिया संशोधन हुने भएको छ ।

एमबिबिएस वा एमडी जुनसुकै तहको भर्ना कलेजमा नभएर सम्बन्धित विश्वविद्यालयमा गर्नुपर्ने व्यवस्था गर्न लागिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षा अध्ययनमा हुने अनियमितता रोक्न नयाँ व्यवस्था गर्न लागेको जनाएको छ ।

यो व्यवस्था लागू भएपछि विश्वविद्यालयले प्रवेश परीक्षामा उत्तीर्ण भएको मेरिट लिस्टको आधारमा भर्ना गर्नुपर्नेछ ।

‘अहिले नयाँ व्यवस्थाबारे छलफल भइरहेको छ,’ काउन्सिल सदस्य डा कृष्ण अधिकारीले भने, ‘यो पारित भइसकेपछि योग्यताक्रममा अगाडि रहेका विद्यार्थीले भर्ना पाउने र विद्यार्थीसँग लिइने शुल्कमा समेत एकरूपता हुन सक्छ ।’

हालसम्म एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीले विश्वविद्यालयले लिने प्रवेश परीक्षा पास गरेपछि आफूखुसी चाहेको कलेजमा गएर भर्ना हुनसक्ने प्रावधान छ ।

यसरी भर्ना हुने व्यवस्था गर्दा मेरिट लिस्टमा अन्तिममा परेकाहरूले सहज भर्ना हुन पाउने र लिस्टको अगाडि नाम निकालेकाले नपाउने समस्या हुँदै आएको छ ।

विश्वविद्यालयमा भर्ना भएपछि आफ्ना विद्यार्थीलाई उनीहरूले चाहेका आफ्ना आंगिक क्याम्पसमा पठाउनेछन् ।

मेरिट लिस्टको आधारमा भर्ना अनिवार्य नहुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी समस्यामा पर्दै आएका थिए ।

मेरिट लिस्टको पछाडि भएका व्यक्तिले पहुँचकै भरमा राम्रा कलेजमा भर्ना पाउने र पहुँच नभएकाहरू मेरिट लिस्टमा अगाडि भए पनि भर्ना गर्न समस्या हुँदै आएको छ ।