बेइझिङ, ८ साउन । चीनका डाक्टरले एक व्यक्तिको हात बचाउनका लागि चमत्कारजस्तै गरेका छन् ।
मिस्टर झोउ नामका एक मजदुरको कारखानामा काम गरिरहेका वेला दुर्घटना हुँदा ब्लेड मेसिनले हात नै काटिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर, डाक्टरहरू उनको काटिएको हात पुनः जोड्न सफल भएका छन् ।
तर, डाक्टरहरूले ती मानिसको तत्कालै अपरेसन गरेर हात जोडेका भने होइन ।
डाक्टरहरूले उनको हातलाई जीवित राख्नका लागि करिब एक महिनासम्म पिँडुलामा जोडेर राखेका थिए ।
त्यसपछि उक्त हात पिँडुलाबाट झिकेर पुनः काटिएको स्थानमा जोडिएको छ । यो अद्भुत अपरेसन चिनियाँ डाक्टरले चीनको हुनान प्रान्तको राजधानी चांगसाको जिआंग्या अस्पतालमा गरेका हुन् ।
उक्त अस्पतालका सर्जनहरूका प्रमुख डा तांग जुयुले तत्कालै अस्पताल ल्याएकाले उनको हातलाई जीवितै राख्न सकिएको बताए ।













प्रतिक्रिया